वीवोका एमडी र चीनी नागरिकको बन्दी प्रत्यक्षीकरण याचिका खारेज

Vivo_logo_2019.svg_.png

नयाँ दिल्ली: दिल्ली हाईकोर्टका जस्टिस सुरेश कुमार कैतको अध्यक्षता रहेको बेञ्चले चीनी स्मार्टफोन कम्पनी वीवोसित सम्बन्धित मनी लन्ड्रिङ मामिलामा पक्र परेका वीवोका म्यानिजिङ डायरेक्टर हरिओम राय र चीनी नागरिक गोङवेन कुआङको बन्दी प्रत्यक्षीकरण याचिका खारेज गरेको छ। कोर्टले १३ दिसम्बरम फसेला सुरक्षित राखेको थियो।

हाईकोर्टले भन्यो, जब ७ दिसम्बरमा आरोपितहरूलाई पेश नगर्दा सम्बन्धित ट्रायल कोर्टले १३ दिसम्बरमा पेश हुनका लागि प्रोडक्शन वारन्ट जारी गरेको थियो। डायरेक्टर हरि ओम रायका छोरा प्रणय रायले दर्ता याचिकामा भनेका थिए, हरि ओम रायलाई सम्बन्धित ट्रायल कोर्टमा ७ दिसम्बरमा न त भीडियो कन्फ्रेन्सिङको माध्यमले पेश गरियो न त फिजिकल। यस्तो स्थितिमा हरिओम रायको हिरासत गैरकानूनी हो किनभने सम्बन्धित कोर्टले हिरासतमा राख्ने कुनै आदेश जारी गरेको थिएन।

About Author

Advertisement