विश्व हिन्दु परिषद, सिक्किम प्रान्तद्वारा राजस्थानको उदयपुरमा भएको हत्याकाण्डको विरोध

गान्तोक। राजस्थानको उदयपुरमा भएको हत्याकाण्डको विरोध जनाउॅंदै विश्व हिन्दु परिषद, सिक्किम प्रान्तले सिक्किमे जन-मानसलाई यस्ता घटनाहरूबाट ज्ञान लिने अनुरोध पनि गरेका छन्। विश्व हिन्दु परिषद (विहिप) सिक्किमका सह सचिव केशप सापकोटा राजस्थानको उदयपुरमा तालीबानी तरिकाले हत्या गरिएको बताउॅंदै स्वतन्त्र र प्रजातान्त्रिक भारतमा यस्तो जघन्य हत्याको कल्पना पनि गर्न सकिन्न भनी बताएका छन्। तिनले प्रेस विज्ञप्तिमा भनेका छन्, विहिप सिक्किम प्रान्त उक्त हत्याको विरोध गर्दछ र साथै सिक्किमे जन-मानसलाई यस्ता घटनाहरूबाट ज्ञान लिने अनुरोध पनि गर्दछ।

तिनले भनेका छन्, पेशाले दर्जी कन्हैयालालको आतङ्कीहरुले दिउॅंसै घाँटी रेटेर अनि छुरीले प्रहार गरेर निर्मम हत्या गरेका छन्। तिनीहरूले यो हत्याको भिडियो खिचेर सार्वजनिक गर्ने दुस्साहस पनि गरेका छन्। पहिले आतङ्कीहरूले सिरिया, इराक र अफगानिस्तानमा यसरी घॉंटी रेटेर कसैको हत्या गरेको घटना टीभीमा हेर्ने गर्थ्यौ भने आज आफ्नै देशमा यस्तो घटना घट्न थालेको उनले विज्ञप्तिमा जानकारी दिएका छन्।

सह सचिव सापकोटाले यो भन्दा पहिला पनि उत्तर प्रदेशमा कैलाश त्रिपाठी नामक एक व्यक्तिको यसरी नै हत्या गरिएको स्मरण गराएका छन्। उनले यस्ता घटनाहरू हिजोसम्म विदेशको कुरा थियो भने आज देशभित्र घट्न थालेका छन् भने भोलि हाम्रै गाउॅं घरको खबर पनि बन्न सक्नेछ भन्दै सचेत गराएका छन्।

उनले भनेका छन्, भारतका केही राज्यहरूमा धर्मनिरपेक्षता र तुष्टिकरणको नाममा हिन्दुहरूमाथि तालीबानी शासन चलाइॅंदैछ। कश्मीर, पश्चिम बंगाल जस्ता राज्यहरूमा तालीबानीहरूको पकड़ दह्रिलो बनिसकेको छ भने राजस्थान पनि कश्मीरको मार्गमा अग्रसर बनेको हिजोको घटनाले स्पष्ट गरेको छ। तालीबानी आतङ्कीहरूले विश्वका 58 वटा देशलाई यसरी नै तर्साएर कब्जा गरेका छन् भने भारतमाथि पनि उनीहरूको यस्तै दृष्टि छ। सनातनी हिन्दुहरूले समयछॅंदा नै सोच्नु पर्ने समय आएको छ भन्दै भारत बाहेक खुट्टा राख्ने ठाउॅं अरु कुनै नरहेको उनले बताएका छन्। उनले भनेका छन्, देशको सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो।

About Author

Advertisement