विश्व रक्तदाता दिवसमा अखिल सिक्किम सरकारी वाहन चालक सङ्घद्वारा रक्तदान

IMG-20220614-WA0174.jpg

गान्तोकः आज विश्व रक्तदाता दिवस राज्यका विभिन्न स्थानमा पालन गरिएको छ। यसैक्रममा अखिल सिक्किम सरकारी वाहन चालक सङ्घले पनि गान्तोकको पुरानो एसटीएनएम अस्पतालमा रक्तदान शिविर आयोजना गरेको थियो। यस अवसरमा सङ्घका ७२ जना सदस्यले रक्तदान गरे।

२४ वर्षपछि प्रजातान्त्रिक ढङ्गमा भएको चुनावपछि अखिल सिक्किम सरकारी वाहन चालक सङ्घको नवनिर्वाचित कार्यकारी समितिले विभिन्न सामाजिक कार्यलाई निरन्तर रूपमा अघि बढाउने पहल शुरु गरेको छ। यसै अन्तर्गत दैनिक रूपमा अस्पतालमा देखिएको रगतको कमी र रोगीहरूबाट रगतको बढ्दो माग केही हदसम्म भए पनि पुरा गर्ने उद्देश्यले आज रक्तदान शिविर आयोजन गरेको सङ्गठनले जानकारी दिएको छ।

रक्तदान शिविरमा राज्यका विभिन्न स्थानबाट वाहन चालक सङ्घका सदस्यहरूको सहभागिता रहेको थियो। यो शिविरलाई सफल बनाउन सहयोग पुऱ्याउने तथा रक्तदान गर्ने सबै सदस्यप्रति अखिल सिक्किम सरकारी वाहन चालक सङ्घले आभार व्यक्त गरेको छ।

About Author

Advertisement