विश्व भारतीले विवादित पट्टिहरू हटायो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः बीरभूम जिल्लाको विख्यात विश्वभारती विश्वविद्यालयले शान्तिनिकेतनलाई विरासत स्थलको रूपमा यूनेस्कोबाट प्राप्त मान्यताको सम्बन्धमा लगाइएको विवादित पट्टिहरूका हटाएको छ। अधिकारीहरूले बिहिवार जानकारी गराए। शान्तिनिकेतनमा रवीन्द्रनाथ टेगोरले सय वर्षभन्दा पहिले विश्व-भारतीको निर्माण गरेका थिए। संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सेप्टेम्बरमा यसलाई विश्व धरोहर स्थलको सूचीमा सामेल गरेको छ।

केन्द्रिय विश्वविद्यालयले यूनेस्कोको मान्यताको सम्बन्धमा तीन पट्टिकाहरू लगाएको थियो तर त्यसमा टेगारको नाम थिएन, त्यसको स्थानमा प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन कुलपति विद्युत चक्रवर्तीको नाम थियो। मोदी विश्वविद्लायका कुलाधिपति हुन्। यस घटनाले राजनीतिक विवाद उत्पन्न भयो र मुख्यमन्त्री ममता ब्यानर्जी, राज्यका मुख्य विपक्षी दल भारतीय जनता पार्टी र धेरै विख्यात हस्तिहरूले पछिल्लो महिना सेवानिवृत्त भएको चक्रवर्तीको आलोचना गरेका थिए। विश्वविद्यालयका प्रवक्ता महुआ ब्यानर्जीले भनिन्, नयाँ पट्टिकाहरूमा लेखिएको पाठलाई केन्द्रिय़ शिक्षा मन्त्रालयले स्वीकृति दिएको छ र यसमा टेगोर बाहेक अरू कसैको उल्लेख छैन।

नयाँ पट्टिकाहरूमा लेखिएको छ, गुरूदेव रवीन्द्रनाथ टेगोरद्वारा १९०१ मा ग्रामीण पश्चिम बंगालमा स्थापित शान्तिनिकेतन भारतको शास्त्रीय परम्पराहरूमा सिक्ने र शिक्षाको एक उद्गम स्थल बनेको छ। सत्तारूढ़ तृणमूल कांग्रेसले यस मुद्दालाई लिएर विश्वविद्यालय परिसर बाहिर १४ दिनसम्म धरना प्रदर्शन पनि गरेको थियो।

-हिस

About Author

Advertisement