विश्व बालश्रम विरोध दिवसको उपलक्ष्यमा अनुज्ञालयद्वारा ज्ञापन पत्र तयार

Anugyalaya

महेश्वर प्रधान-

गोरुबथान: विश्व बालश्रम विरोध दिवसको उपलक्ष्यमा अनुज्ञालय अधीन कारितस् इण्डियाद्वारा प्रायोजित गोरुबथान ब्लक लेभल चिल्ड्रेनस् क्लबको आयोजनामा प्रेस विज्ञप्ति जारी गरेको छ। यसमा विभिन्न गाउँका चिल्ड्रेनस् क्लबहरुबाट नानीहरूले झेल्दै आइरहेको समस्याहरुलाई लिएर ज्ञापन पत्र तयार गरिएको छ। आउँदो २६ जूनमा हुन गइरहेको जीटीएको चुनावलाई मध्यनजर गर्दै, उक्त चुनावमा खडा भएको दलीय वा निर्दलीय कुनै पनि उम्मेद्वार विजय भएको खण्डमा निम्नलिखित कार्यहरू गरिदिने अनुरोध गरिँदै सो ज्ञापन पत्र बुझाउने निर्णय लियो। जसले बालश्रम, बाल विवाह, बाल यौन शोषण आदि जस्ता बाल विरोधी कुराहरुमा नियन्त्रण गर्नसक्ने भन्दै निम्नलखित सूची तयार गरेको छ। त्यस ज्ञापन पत्रमा निम्नलिखित ज्कुरोहरु उल्लिखित छ।

१) राइट टु फ्री एण्ड कम्पलसरी एजुकेशनलाई आठौं श्रेणिसम्म मात्र होइन तर १२औं श्रेणीसम्म बनाइदिने। बगान एवं गाँउ-बस्ती गरीब नानीहरु महंगो फी तिर्न पर्ने बोझदेखि मुक्त मात्र होइन तर, बाल श्रम हुनदेखि पनि बाँच्नेछ।

२) नानीहरूका निम्ति सफा एवं व्यवस्थित, खण्ड प्राथमिक चिकित्सालयको प्रणालीमा सुधार,

क) जसमा बाल बालिकाको निम्ति चाल्ड स्पेसलिस्ट डाक्टर एवं भिन्न चेम्बर।

ख) गर्भवती महिलाहरुको निम्ति व्यवस्थित एवं अलग वार्ड, जसमा नानी जन्मँदा चाहिने आधुनिक उपकरण जसले नानी एवं आमाको ज्यानलाई खतरा नहोस्।

ग) १८ वर्षभन्दा कम उमेरका नानीहरूलाई वितरण गरिने दवाई एवं केटी नानीहरूलाई वितरण गरिने आइरन टेबलहरुको एक्सपायर डेट जाँचेर दिने सिस्टम तयारी गरिदिने।

३) आधारभूत संरचनाको निर्माण,

क) विभिन्न गाउँ बिचमा भएको खोलाहरूमा पुलको निर्माण गर्नुपर्ने।

ख) स्कूलहरूको साथै डेस्क बेन्चहरुको मर्मती गरिनु पर्ने।

४) आधार कार्ड सेन्टर  गोरुबथान स्थित बैंक वा पोस्ट अफिसमा स्थापित गरिदिने अनुरोध गरे :- विभिन्न गाउँ-बस्ती एवं बगानको मानिसहरूको आर्थिक स्थिति अति सोचनिय रहेको कारण एवं आधार कार्ड बिना कुनै पनि काम नहुने, साथै विद्यार्थीहरूको स्कूल भर्नादेखि लिएर विभिन्न सरकारी सहुलीयतको निम्ति आधार कार्ड लाग्ने तर, प्राइभेट आधार कार्ड सेन्टरमा कुनै पनि करेक्सन वा अरु परिवर्तन गर्नु अत्यधिक मूल्य तिर्नु पर्ने हुनाले नानीहरूले झेली रहेको समस्याको समाधान भने, गोरुबथानस्थित ब्यांक वा पोस्ट अफिसमा आधार कार्ड सेन्टर स्थापित गरिदिने अनुरोध गरे। त्यसबाहेक, गाउँले स्तरीय बाल सुरक्षा समिति, खण्ड स्तरीय बाल सुरक्षा समिति आदि सुचारु रूपमा सञ्चालन गर्नु माथि पनि कार्य गरिदिने अनुरोध गरे। कारण गाउँ-बस्ती एवं बगानमा हुने बालश्रम, बाल यौन शोषण, बाल विवाह आदिमा यो समितिले निष्पक्ष काम गर्नु सक्ने।

अन्य, गोरुबथान बाहिर जस्तै जलपाईगढी जिल्लाका विद्यार्थीहरूका लागि पनि यातायातको व्यवस्था गरिदिए असल रहने बताएl कारण पर्याप्त वाहन एवं सही व्यवस्था कमीले गर्दा धेरै पल्ट दुर्घटनाको मुखमा परिरहेको, कतिजनले त ज्यानसम्म गुमाएको हुनाले यसमा पनि कार्य गरिदियाजावस् भनी, लिखित रूपमा आउँदो चुनावसम्म प्रत्येक दलीय एवं निर्दलीय उमेद्वारलाई ज्ञापन पत्र बुझाउने छ। गोरुबथान खण्ड चिल्ड्रेनस् क्लबको सभानेत्री सृजना थापाले जनाए।

About Author

Advertisement