विश्व पर्यावरण दिवस पालन

e9dd3eb5-0afc-43fa-8384-4d294e6a5b32

कालचिनीः सोमबार विश्व पर्यावरण दिवसको उपलक्ष्यमा सबै संघ संस्था अनि राजनैतिक दलहरूले आ-आफ्नो आयोजनामा विभिन्न ठाउँहरूमा प्रकृति संरक्षणको नारालाई अघि राख्दै वृक्षारोपण गऱ्यो। यस क्रममा तृणमूल कालचिनी ब्लक कमिटी लगायत कालचिनी अञ्चल कमिटीको पक्षबाट पनि कालचिनी क्षेत्रको विभिन्न ठाउँहरूमा वृक्षारोपण गरियो। सो अवसरमा तृणमूल कालचिनी अञ्चल सभापति शंकर कुजूर, जिल्ला महासचिव असिम कुमार लामा, बन अनि भूमि कर्माध्याक्ष गणेश महली, जिल्ला उपाध्यक्ष रञ्जित घोष, समाजसेवी डा. कमल कुजूर, छात्रा नेता हैदर अली अन्सारी, रञ्जित प्रधान एवम् ट्रेड यूनियन प्रतिनिधिहरूको उपस्थितिमा कालचिनी डाकघर परिसर, उत्तर लोथाबारी ग्रामीण अस्पताल परिसर, थाना परिसर, कालचिनी हिन्दी स्कूल परिसरहरूमा छाँयादार अनि औषधि वनस्पतिका बिरुवाहरू रोपण गरिएको थियो। साथसाथै कालचिनी चौपतिमा विभिन्न ट्याक्सी चालक साथै मानिसहरूलाई बिरुवा वितरण पनि गरीएको थियो। कालचिनी थाना परिसर, हिन्दी स्कूल परिसर र उत्तर लोथाबारी ग्रामीण अस्पताल परिसरमा वृक्षारोपणको नेतृत्व तृणमूल नेता अतिश छेत्रीले गरेको थियो।

About Author

Advertisement