विश्व उपभोक्ता अधिकार दिवस २०२६ का अवसरमा नागरिकहरूलाई शुभकामना

photocollage_2026315169330

गान्तोक: आज मुख्यमन्त्री प्रेम सिंह तामाङले विश्व उपभोक्ता अधिकार दिवस २०२६ को शुभ अवसरमा सिक्किम सरकारको तर्फबाट राज्यका सबै नागरिकलाई हार्दिक शुभकामना तथा मंगलमय कामना व्यक्त गरे।
उनले भने, “यस अवसरले उपभोक्ता अधिकारको संरक्षण र निष्पक्ष, पारदर्शी तथा उत्तरदायी बजार व्यवस्थाको प्रवर्द्धनप्रति सामूहिक जिम्मेवारीलाई स्मरण गराउँछ। सुरक्षित उत्पादन र आत्मविश्वासी उपभोक्ता समृद्ध तथा न्यायपूर्ण अर्थतन्त्रका दुई प्रमुख आधारस्तम्भ हुन्।
मुख्यमन्त्रीले अझ अघि बताए- ‘महात्मा गान्धीले भनेका छन्, “उपभोक्ता हाम्रो परिसरमा आउने सबैभन्दा महत्त्वपूर्ण अतिथि हुन्। उनीहरू हामीमाथि निर्भर छैनन्, बरु हामी उनीहरूमाथि निर्भर छौं।” यो गहिरो सन्देशले उपभोक्ता संरक्षण प्रणालीलाई सुदृढ बनाउने र प्रत्येक उपभोक्ताको अधिकारको सम्मान तथा संरक्षण सुनिश्चित गर्ने सरकारको प्रयासलाई निरन्तर मार्गदर्शन गरिरहेको छ।
यसैगरी यस सिद्धान्तबाट प्रेरित हुँदै सिक्किम सरकारले खाद्य तथा नागरिक आपूर्ति विभाग अन्तर्गत रहेको लीगल मेट्रोलोजी इकाइ तथा उपभोक्ता संरक्षण सेलमार्फत राज्यभरि उत्पादनको सुरक्षा, व्यापारिक अभ्यासमा पारदर्शिता र बजारमा नैतिक मानदण्ड कायम राख्न प्रतिबद्धताका साथ कार्य गरिरहेको मुख्यमन्त्रीले जनाए।
मुख्यमन्त्रीले राज्यका सम्पूर्ण नागरिकलाई आफ्ना उपभोक्ता अधिकार प्रयोग गर्न सचेत, सूचित र सक्रिय रहन आग्रह गरे।साथै राज्य उपभोक्ता हेल्पलाइन उपभोक्ताहरूका लागि गुनासो दर्ता गर्ने तथा समयमै समाधान प्राप्त गर्ने सहज र विश्वसनीय माध्यमका रूपमा उपलब्ध रहेको छ, जसले बजारमा उपभोक्ताहरूलाई आत्मविश्वासका साथ सहभागी हुन सक्षम बनाउँछ भने।
उनले यस वर्षको विषयवस्तु “सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता” ले उत्पादनको गुणस्तर र उपभोक्ता विश्वासबीचको महत्वपूर्ण सम्बन्धलाई उजागर गर्दछ भने। सुरक्षित बजार व्यवस्थाले जनविश्वासलाई सुदृढ बनाउँदै दिगो आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।
स्वामी विवेकानन्दले भनेझैं, “उठ, जाग र लक्ष्य प्राप्त नभएसम्म नरोकिनू।” यही भावनालाई आत्मसात गर्दै सिक्किमका प्रत्येक उपभोक्ताले सम्मान, सुरक्षा र विश्वस्ततासहित व्यापारिक गतिविधिमा सहभागी हुन सक्ने वातावरण निर्माण गर्न सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतालाई मुख्यमन्त्रीले औंल्याइए।
यस अवसरमा व्यवसायी, व्यापारी तथा सेवा प्रदायकहरूलाई पनि इमानदारी, उत्तरदायित्व र जिम्मेवारीका उच्चतम मानकहरू पालन गर्न मुख्यमन्त्रीले आह्वान गरे। उपभोक्ता र व्यवसायबीच आपसी सम्मान र विश्वासको वातावरण सिर्जना गरेर सुरक्षित, निष्पक्ष र समावेशी बजार निर्माण गर्न सकिने विश्वास व्यक्त गरेको जनाए। साथै विश्व उपभोक्ता अधिकार दिवसको यस अवसरमा सबै नागरिकलाई सुरक्षित, सचेत र सशक्त उपभोक्ता बन्न शुभकामना व्यक्त गरे।

About Author

Advertisement