नयाँ दिल्ली: परिवर्तनशील जीवनशैलीको कारणले विश्वभरि नै हृदयसित सम्बन्धित रोगहरू तीव्र गतिमा बढ़िरहेको छ। वर्ल्ड हार्ट फेडरेशनको ताजा रिपोर्टअनुसार विश्वमा कार्डियोभ्यास्कुलर रोगहरू (सीभीडी)-बाट हुने मृत्युको संख्या वर्ष १९९० मा १.२१ करोड़ थियो भने सन् २०२१ मा बढ़ेर दुई करोड़सम्म पुगेको छ अर्थात ६० प्रतिशत वृद्धि भएको छ। रिपोर्टमा भनिएको छ, सन् २०१० को तुलनामा सन् २०२५ सम्म कार्डियोभ्यास्कुलर रोगहरू जस्तो गैरसंचारी रोग (एनसीडी)-बाट समयपूर्व हुने मृत्यु दरलाई २५ प्रतिशतसम्म कम गर्ने उद्देश्यले निर्धारित महत्वाकांक्षी लक्ष्यहरूलाई पूरा गर्नको लागि संघर्ष गरिनेछ।
अर्कोतिर गैरसंचारी रोग (एनसीडी) पनि भारतमा एउटा बढ़्दो सार्वजनिक स्वास्थ्य चिन्ताको विषय भएको छ। हालैका सरकारी आँकड़ाहरूबाट थाहा लाग्छ, देशमा एनसीडीको कारणले हुने मृत्यु दरमा ६३ प्रतिशत वृद्धि आएको छ। डा. नरेन्द्र सैनी भन्छन्, ‘यो एउटा चिन्ताको विषय हो कि देशमा हृदयसित सम्बन्धित रोगहरू बढ़िरहेको छ। यसैले मानिसहरूले आफ्नो जीवनमा स्वस्थ परिवर्तन ल्याउन आवश्यक छ। मानिसहरूले आफ्नो दिनचर्यामा योग, ध्यान, व्यायाम औ स्वास्थ्यवर्धक खान-पानको आदतलाई अप्नाउनुपर्छl’ –हिस









