विश्वको सबैभन्दा लामो सुरुङ निर्माण गर्दै चीन

00-1-Train-Tunnel

चीनले अहिले विश्वको सबैभन्दा लामो मोटरवे सुरुङ निर्माण गरिरहेको छ। यसका लागि चीनले पहाड मुनि खन्ने काम गरिरहेको छ। यो ३.७ बिलियन डलरको एक महत्वाकांक्षी परियोजना हो। २० दशमलव ९ किलोमिटर लामो ‘तियानसान शेङ्ली’ सुरुङले विश्वको सबैभन्दा लामो हिमाली शृङ्खला पार गर्नेछ। यसले यात्राको समयलाई केही मिनेटमा घटाउनेछ। यो सुरुङ अक्टोबर २०२५ मा ट्राफिकका लागि खुल्नेछ र तियानशान हिमाल हुँदै यात्राको समयलाई २० मिनटमा घटाउनेछ। आयोजनाको निर्माण सन् २०१६ मा शुरु भएको र २०३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो सुरुङ निर्माणका लागि सी जिनपिङ सरकारले ठूलो रकम खर्च गरिरहेको छ। यसबाहेक यो मानवले बनाएको सबैभन्दा लामो सुरुङ हुनेछ। तियानशान पर्वतहरू विश्वका सात प्रमुख पर्वत शृङ्खलाहरूमध्ये एक हो, जसको औसत चौडाइ लगभग ३२१ किलोमिटर छ। राम्रो कनेक्टिभिटीले यातायात प्रणालीमा सुधार ल्याउनेछ र क्षेत्रीय आर्थिक र सामाजिक विकासलाई बढावा दिने अपेक्षा गरिएको छ।

सुरुङ निर्माण सम्पन्न भएपछि यस अविकसित क्षेत्र सिन्जियाङको व्यापार र आर्थिक विकासमा ठूलो टेवा पुग्ने अर्थशास्त्रीहरूको अनुमान छ। द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका विज्ञ सु टियानचेनले यस सुरुङको रणनीतिक महत्वबारे बताए। यसले मध्य एसियाका लागि गेम चेन्जर साबित हुने र धेरै आर्थिक गतिविधिलाई टेवा पुग्ने उनको भनाइ छ। “यसको समापनले सिनजियाङको अविकसित क्षेत्रको व्यापार र आर्थिक विकासलाई निश्चित रूपमा फाइदा पुग्नेछ’’, उनले भने। यो सुरुङमार्गबाट ​​चीनलाई आर्थिक फाइदा छ। तर यसबाहेक भूराजनीतिक दृष्टिकोणले पनि यो चीनका लागि फाइदाजनक छ। सिनजियाङ एक रणनीतिक क्षेत्र हो जसले रुस, मंगोलिया र काजाकिस्तान गरी आठ देशको सिमाना जोडेको छ। यसैबीच, अर्को कीर्तिमान तोड्ने परियोजना ‘रोगफास्ट’ विश्वको सबैभन्दा लामो र गहिरो सडक सुरुङ बन्न लागेको छ, जसमा ४५ अर्ब डलर खर्च हुनेछ। यो २५.७ किलोमिटर लामो सुरुङ नर्वेको रान्डाबर्ग र बोकेन बीच निर्माण हुनेछ, जसले २१ घण्टाको यात्रा समय लगभग आधा गर्नेछ।

About Author

Advertisement