विराटनगरमा राधाकृष्णको मन्दिर निर्माण कार्य सुरू

IMG-20241119-WA0231

बिराटनगर: मोरंगको विराटनगर-५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण कार्य सुरु भएको छ।
स्थानीयको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन्।
सिद्धकाली स्कुल छेउमा रहेको जमिनमा मन्दिर निर्माण हुन लागेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए। सबैलाई आआफ्ना भाषा, कला, धर्म र संस्कृतिको संरक्षण गर्न उनले आग्रह गरे।

About Author

Advertisement