विम्बल्डन २५औं ग्राण्ड स्ल्याम जित्ने सर्वश्रेष्ठ मौकाः जोकोविच

IMG-20250629-WA0123

लण्डन: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचसँग अहिले कुनै पनि टुर्नामेण्ट शुरु हुन अघि उनको सन्न्यासबारे प्रश्न गरिने भए पनि उनी आफ्नो रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्न सोमवारदेखि शुरु हुने सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनलाई सर्वश्रेष्ठ मौका मान्छन्। जोकोविच अहिले ३८ सालका हुन् अनि विम्बल्डन अघि पनि उनीसँग के उनी यहाँ अन्तिमपल्ट खेल्नेछन् भनी प्रश्न गरियो। जवाफमा जोकोविचले भने, यो मेरो अन्तिम ग्राण्ड स्ल्याम टुर्नामेण्ट हुनसक्छ या छैन भन्ने विषयमा म अहिले नै केही दावी गर्न सक्दिनँ। म आउँदो टुर्नामेण्टहरूलाई लिएर निश्चित छुइनँ। मेरो इच्छा त लामो समयसम्म खेल्ने रहेको छ। यसको निम्ति म शारीरिक र मानसिक रूपले शत प्रतिशत फिट रहन चाहन्छु। यही मेरो लक्ष्य हो तर उमेरको यस मोड़मा म भविष्यलाई लिएर कुनै दावी गर्न सक्दिनँ। यसको साथमा जोकोविचले अल ईंग्ल्याण्ड क्लबले उनलाई अझ एउटा ग्राण्ड स्ल्याम एकल खिताब जित्ने असल अवसर प्रदान गर्ने पनि स्वीकार गरे। यस्तो गर्न सफल भए उनको ग्राण्ड स्ल्याम एकल खिताब २५ पुग्नेछ। अहिलेसम्म टेनिस इतिहासमा कसैले पनि यति धेर एकल खिताब जितेका छैनन्। विम्बल्डनमा ७ पल्टका च्याम्पियन जोकोविचले भने, विम्बल्डन एकपल्ट फेरि च्याम्पियन बन्ने मेरो निम्ति असल मौका साबित हुने कुरासँग म सहमत छु। यो परिस्थितिहरूमाथि पनि निर्भर गर्नेछ तर अहिले म धेरै असल अनुभव गरिरहेको छु। शरीरले साथ दिएसम्म खेल्न जारी राख्ने मेरो इच्छा छ।

About Author

Advertisement