विम्बल्डनः हालेप र रिबाकीना महिला एकलको सेमिफाइनलमा

photocollage_202277112542606.jpg

७ जुलाईः साल २०१९-की च्याम्पियन रोमानियाकी सिमोना हालेप विम्बल्डन टेनिस च्याम्पियनशीपमा लगातार १२औं जीतको साथ तेस्रोपल्ट महिला एकलको सेमिफाइनलमा पुगिन्। बुधवार खेलिएको क्वार्टर फाइनलमा १६औं वरीयता प्राप्त हालेपले २०औं वरीयता प्राप्त अमेरिकाकी अमाण्डा अनीसिमोवालाई सीधा सेटमा ६-२, ६-४-ले पराजित गरिन्। सेमिफाइनलमा हालेपले एलीना रिबाकीना विरुद्ध खेल्नेछिन्। कजाखस्तानकी १७औं वरीयता प्राप्त रिबाकीनाले अष्ट्रेलियाकी अजला तोम्जानोविचलाई ४-६, ६-२, ६-३-ले पराजित गरी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको अन्तिम चारमा स्थान बनाइन्।
हालेपलाई अनीसिमोवा विरुद्ध जीत हासिल गर्न एक घण्टा ३ मिनट समय लाग्यो। हालेपले चोटले गर्दा गत वर्ष विम्बल्डनमा हिस्सा लिन सकेकी थिइनन् तर यसपाली उनी पूरा तयारीको साथ आएकी छन्। खिताब जित्ने प्रबल दावेदार हालेपले यस साल विम्बल्डनमा अहिलेसम्म पाँचवटा म्याच खेलिसकेकी छन् अनि पाँचैवटा म्याचमा उनले एक सेट पनि गुमाएकी छैनन्। अनीसिमोवा विरुद्ध क्वार्टर फाइनलमा पनि उनले ३ वटा एस लगाइन् जबकि अमेरिकी खेलाड़ीले एउटा एस पनि लगाउन सकिनन्। उनले पूरा म्याचमा चारपल्ट विपक्षी खेलाड़ीकी सर्विस तोड़िन्।

About Author

Advertisement