विम्बल्डनः हालेप र अमाण्डा क्वार्टर फाइनलमा

photocollage_202275133414209.jpg

५ जुलाईः रोमानियाकी स्टार खेलाड़ी सिमोना हालेपले एकतर्फी म्याचमा चौथो वरीयता प्राप्त पाउला बाडोसालाई सीधा सेटमा पराजित गरी विम्बल्डन टेनिस च्याम्पियनशीपमा महिला एकलको क्वार्टर फाइनलमा स्थान बनाइन्। च्याम्पियनशीपमा १६औं वरीयता प्राप्त हालेपले बाडोसालाई ६-१, ६-२-ले पराजित गरी अल ईंग्ल्याण्ड क्लबमा लगातार ११औं म्याच जितिन् अनि पाँचौंपल्ट विम्बल्डनको क्वार्टर फाइनलमा स्थान बनाइन्। हालेपले २०१९-मा विम्बल्डनको खिताब जितेकी थिइन् जबकि २०२०-मा कोरोना महामारीले गर्दा यसलाई टुर्नामेण्टलाई रद्द गरिएको थियो। रोमानियाकी यस खेलाड़ीले गत वर्ष चाहिँ चोटले गर्दा विम्बल्डनमा हिस्सा लिन सकेकी थिइनन्। सोमवार बाडोसा विरुद्ध म्याचमा हालेपले शुरुदेखि नै असाधारण प्रदर्शन गरिन् अनि आफ्नो सर्विसमा केवल ८ अंक गुमाइन् अनि यस अवधि आफ्नो सर्विसमा एकमात्र ब्रेक पोइण्ट पनि बचाइन्। हालेपले बाडोसाको सर्विसमा पनि ५५-मा ३० अंक जितिन्।
क्वार्टर फाइनलमा हालेपले अमाण्डा अनिसिमोवा विरुद्ध खेल्नेछिन्। अमेरिकाकी २०औं वरीयता प्राप्त अमाण्डाले पदार्पण गरिरहेकी फ्रान्सकी हार्मोनी टेनलाई ६-२, ६-३-ले पराजित गरिन्। हार्मोनीले पहिलो राउण्डमा अमेरिकाकी दिग्गज खेलाड़ी सेरेना विलियम्सलाई पराजित गरेकी थिइन्। सोमवार खेलिएको अन्य एउटा म्याचमा अजला टोमलानोविचले एलिच कोर्नेटलाई ४-६, ६-४, ६-३-ले पराजित गरिन्। अघिल्लो राउण्डमा उनले एलेना रिबाकिना विरुद्ध खेल्नेछिन्। १७औं वरीयता प्राप्त रिबाकिनाले पेट्रा मार्टिचलाई सीधा सेटमा ७-५, ६-३-ले पराजित गरिन्।

About Author

Advertisement