१ जुलाईः विश्वकी नम्बर एक खेलाड़ी पोल्याण्डकी इगा स्वियातेकले सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन टेनिस च्याम्पियनशीपको महिला एकलको तेस्रो राउण्डमा स्थान बनाइन्। उनले नीदरल्याण्डकी लेस्ली पट्टिनामा केरखोवलाई ६-४, ४-६, ६-३-ले पराजित गरिन्, जुन उनको लगातार ३७औं जीत हो। यसरी नै दुईपल्टका विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवाले एना बोगडानकी चुनौती समाप्त गरी तेस्रो राउण्डमा प्रवेश गरिन्। चेक गणराज्यकी क्वितोवाले बोगडानलाई ६-१, ७-६-ले पराजित गरिन्। यसबीच पुरुष एकलमा चाहिँ स्पेनका रोबर्टो बतिस्ता अगुट कोरोना पोजिटिभ हुँदा टुर्नामेण्टबाट हट्न वाध्य भए। महिला एकलको अन्य एउटा म्याचमा छैटौं वरीयता प्राप्त क्यारोलिना प्लिसकोवाले ब्रिटेनकी केटी बोल्टरलाई ३-६, ७-६, ६-४-ले पराजित गरिन्। यसबीच पुरुषहरूमा अष्ट्रेलियाका निक किर्गियोसले तेस्रो राउण्डमा स्थान बनाए। उनले २६औं वरीयता प्राप्त फिलिप क्राजिनोविचलाई ६-२, ६-३, ६-१-ले पराजित गरे। अब उनको सामना चौथो वरीयता प्राप्त ग्रीसका खेलाड़ी स्टेफानोस सितसिपाससँग हुनेछ, जसले जोर्डन थम्पसनलाई ६-२, ६-३, ७-५-ले पराजित गरे। यसबीच भारतीय टेनिस स्टार सानिया मिर्जा चाहिँ आफ्नो अन्तिम विम्बल्डनमा चेक गणराज्यकी लूसी राडेकासँग जोड़ी बनाएर खेल्दै पहिलो राउण्डमै पराजित भइन्। सानिया र लूसीकी जोड़ीलाई पोल्याण्डकी मेगडलीना फ्रेञ्च र ब्राजीलकी बीत्रोज हदाद माइयाकी जोड़ीलाई ४-६, ६-४, ६-२-ले पराजित गऱ्यो। सानियाले यहाँ २०१५-मा मार्टिना हिंगिससँग पहिलोपल्ट महिला युगलको खिताब जितेकी थिइन्।










