७ जुलाईः दोस्रो वरीयता प्राप्त रफायल नडालले आफ्नो चोटलाई परास्त गर्दै विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको सेमिफाइनलमा स्थान बनाए। उनले बुधवार अबेर रातिसम्म चलेको म्याराथन सेमिफाइनल म्याचमा अमेरिकाका टेलर फ्रिट्जलाई ३-६, ७-५, ३-६, ७-५, ७-६-ले पराजित गरे। यो म्याच चार घण्टा २१ मिनटसम्म चल्यो। यसरी नडालले आठौंपल्ट सालको तेस्रो ग्राण्ड स्ल्यामको सेमिफाइनलमा स्थान बनाए। बिहीवार हुने सेमिफाइनलमा नडालक जम्काभेट निक किर्गियोससँग हुनेछ। अष्ट्रेलियाका किर्गियोसले अन्य एउटा क्वार्टर फाइनलमा क्रिस्टिन गारिनलाई ६-४, ६-३, ७-६-ले पराजित गरी सेमिफाइनलमा स्थान बनाए। चाखलाग्दो कुरा के छ भने किर्गियोसले लामो समयदेखि नडालको आलोचना गर्दै आएका छन्। उनले एकदिन नडालसँग कोर्टमा सामना हुने कुरा बारम्बार दोहोऱ्याएका थिए। यसपाली उनको इच्छा पूरा हुने समय आए पनि नडाललाई चोटले पिरोलेको छ। यसैकारण उनी सेमिफाइनल म्याचमा अनिश्चित हुन पुगेका छन्।
बिहीवार साँझ खेलिने म्याचमा गैरवरीयता प्राप्त किर्गियोसलाई पराजित गर्ने विषयमा प्रश्न गरिँदा नडालले भने, ईमानदारीपूर्वक भन्नु पर्दा म यस प्रश्नको स्पष्ट जवाफ दिन सक्दिनँ कारण मैले अहिले तपाईंलाई केही भने अनि भोलि त्यस्तो हुन सकेन भने म झूटो साबित हुनेछु।
फ्रिट्ज विरुद्ध म्याचको अवधि नडाल मेडिकल ब्रेक लिन वाध्य भए। उनको पेटमा समस्या थियो तर केही बेरपछि कोर्टमा फर्किएर लड़ाकू प्रदर्शन गरे। सेमिफाइनल म्याचमा ३६ वर्षीय स्पेनिश दिग्गजलाई युवा फ्रिट्जले कड़ा चुनौती दिए। पहिलो सेटमा नडाल एक समय ३-१-ले अघि थिए तर फ्रिट्जले लगातार पाँच गेम जितेर सेट आफ्नो नाम गरे। त्यसपछि पेटको समस्याले गर्दा नडाल कोर्ट छोड़ेर बाहिर गए तर केही बेरपछि खेलमा फर्किए। त्यसपछि नडालले दोस्रो सेट ७-५-ले जितेर म्याचलाई बराबरीमा पुऱ्याए। तेस्रो सेटमा ६-३-ले जीत हासिल गरी अमेरिकी खेलाड़ीले म्याचलाई रोमाञ्चक बनाए तर नडालले पनि आफ्नो अनुभवको भरपूर फाइदा उठाउँदै अघिल्लो दुईवटा सेट जितेर शीर्ष चारमा स्थान बनाए। उनले चौथो सेट ७-५ अनि निर्णायक सेट टाईब्रेकरमा ७-६-ले जिते। नडाल र फ्रिट्जबीच भएको सेमिफाइनल म्याच हेर्न भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी र दिग्गज ब्याटर सुनिल गावस्कर पनि कोर्टमा उपस्थित थिए। यसको साथमा महान फूटबलर डेविड बेकहम पनि रहेका थिए।









