५ जुलाईः भारतकी स्टार टेनिस खेलाड़ी सानिया मिर्जाले आफ्ना जोड़ीदार मेट पाविचसँग ग्राण्ड स्ल्याम विम्बल्डन टेनिस च्याम्पियनशीपमा मिक्स्ड डबल्स स्पर्धाको सेमिफाइनलमा स्थान बनाइन्। भारतीय-क्रोएशियाई जोड़ीले मिक्स्ड डबल्सको क्वार्टर फाइनलमा रोमाञ्चक जीत हासिल गऱ्यो। उनीहरूले सोमवार गेब्रिएला डाब्रोवस्की र जन पीयर्सको चौथो वरीयता प्राप्त जोड़ीलाई पराजित गरे। यस जीतको निम्ति विजेता जोड़ीले कठोर मेहनत चाहिँ गर्नु पऱ्यो। यो सानिया मिर्जाको अन्तिम विम्बल्डन हो। ३५ वर्षीय यस भारतीय खेलाड़ीले अगावै २०२२ उनको करियरको अन्तिम सीजन हुने घोषणा गरेकी छन्।
सानिया-पाविचको जोड़ीले डाब्रोवस्की-पीयर्सको जोड़ीलाई ६-४, ३-६, ७-५-ले पराजित गऱ्यो। यो म्याच एक घण्टा ४१ मिनटसम्म चल्यो। पूरा म्याचमा सानिया र पाविचले रिटर्न्सको साथ असल प्रदर्शन गरे। यी दुईले निर्णायक सेटमा प्रतिद्वन्द्वी जोड़ीमाथि रहेको दबाउलाई कम्ती हुन दिएनन्। उल्लेखनीय छ, सानियाले अन्तिम ग्राण्ड स्ल्याम खिताब २०१६-मा जितेकी थिइन्। त्यस समय उनी अष्ट्रेलियन ओपनमा महिला युगलमा च्याम्पियन बनेकी थिइन्। यसरी नै उनले २०१५-मा मार्टिना हिंगिससँग जोड़ी बनाएर विम्बल्डनको खिताब जितेकी थिइन्। मिक्स्ड डबल्समा सानियाले अन्तिम ग्राण्ड स्ल्याम २०१४-मा जितेकी थिइन्। सानियाले जम्मा सातवटा ग्राण्ड स्ल्याम खिताब जितेकी छन्।









