विभिन्न स्थानबाट ड्रग्ससहित तीनजना पक्राउ

IMG-20230405-WA0229.jpg

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिनादेखि सक्रियरूपमा काम गर्दै आइरहेको छ। तर पनि ड्रग्सको धन्दामा वृद्धि भइरहेको हालका घटनाक्रमहरूले दर्शाउने गर्दछ। यसै क्रममा जोरथाङ पुलिसले ड्रग्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी जोरथाङ बजार निवासी पंकज अग्रवालकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी अग्रवालले आफ्नो दोकानमा ड्रग्सको धन्दा गर्दै आइरहेको विश्वासनीय सुत्रले पुलिसलाई सूचना दिएको थियो। यस घटनाको जानकारी पाउनसाथ पुलिसले आरोपी अग्रवालको दोकानमा छापा मार्ने क्रममा २१ वटा एनटेन ट्याव्लेट र ७३ बोतल वानरिक्सकफसिरप फेला पारेको छ। जोरथाङ पुलिसले यी सबै ड्रग्स आरोपी अग्रवालको गोदामबाट फेला पारेको अवगत गराएको छ। यसै क्रममा तिमी पुलिसले ट्रक चालक अर्जुन तामाङलाई भारीमात्रमा ड्रग्स सहित पक्राउ गरेको छ। आरोपी पेशाले ट्रक चालक हुन भने उनले एसके ०१-डी-१४९३ नम्बर भएको ट्रक चलाउँदै आइरहेका थिए। आरोपी तामाङले केही महिनादेखि ड्रग्सको बेचबिखन गर्दै आइरहेको विश्वासनीय सुत्रले तिमी पुलिसलाई सूचना दिएको थियो। यसै सूचनालाई आधारित मानेर तिमी पुलिसले उक्त ट्रकलाई आदर्शगाउँस्थित रेशेपमा जाँच गऱ्यो, भने जाँचको क्रममा ऐतराज सुब्बा उनको ट्रकमा इन्द्रेणी पुलबाट चढाएका थिए। ट्रकको छानबीन गर्ने क्रममा पुलिसले आरोपीबाट ८० वटा विन्सपास्मो फोर्टर ७ बोतल कफ सिरप फेला पारेको छन्।पुलिसले आरोपीद्वय विरूद्ध सिक्किम एन्टी ड्ग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement