गान्तोक: केन्द्र सरकार साथै राज्य सरकारका विभिन्न योजनहरूलाई लिएर मंगन जिल्ला पञ्चायत भवनमा एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। उत्तरपूर्व राज्यको वाणिज्य एवं उद्योग विभागको पहलमा आयोजित कार्यक्रममा केन्द्रीय तथा राज्य सरकारको योजनाहरूबारेमा जागरूकता जगाउने, बेरोजगार युवा र आकांक्षी उद्यमीहरूका लागि सहयोगिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यस प्रकारको कार्यक्रमले उनीहरूलाई आफ्नो करियर र व्यावसायिक उद्देश्यहरू प्राप्त गर्न आवश्यक स्रोतहरू, कोष र मार्गदर्शनमा सहयोग गर्ने लक्ष्य पनि राखेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मंगन जिल्लाका जिल्ला अध्यक्ष कादो लेप्चाले राज्यको वाणिज्य एवं उद्योग विभागलाई यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए। राज्य सरकारका योजनाहरूको बारेमा बोल्दै उनले मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा शुरू गरिएको एक परिवार एक उद्यामी योजनाको बारेमा जानकारी दिए जसले सिक्किमेली युवाहरूलाई नोकरी साथै आर्थिक निर्भरतालाई सम्बोधन गर्ने लक्ष्य राखेको अवगत गराए। उनले एक दिवसीय सचेतना कार्यक्रमाम सहभागीहरूलाई आ-आफ्नो छिमेक र गाउँहरूमा विभिन्न केन्द्रीय र राज्य योजनाहरूबारेमा जानकारी गराउने आग्रह गरे।










