विभिन्न मांगहरू गर्दै क्रामाकपाद्वारा खरसाङमा पथ सभा सम्पन्न

IMG-20230408-WA0123.jpg

खरसाङ: क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले खरसाङमा पथ सभा आयोजना गरेको छ। खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न उक्त पथ सभामा क्रामाकपाले विभिन्न मांगहरू गर्दै पथ सभा आयोजना गरेको छ। उक्त पथ सभा क्रामाकपा खरसाङ आञ्चलिक कमिटीको सचिव रमेश राईको अध्यक्षतामा सम्पन्न भएको छ। क्रामाकपा खरसाङ आञ्चलिक कमिटीको आयोजनामा सम्पन्न उक्त पथ सभामा क्रामाकपाले विभिन्न मांगहरू सरकार समक्ष राखेका छन्। क्रामाकपाले विशेष गरी पञ्चायत संसोधन ऐन २०२२ खारेज गर्ने मांग गरेका छन्। त्यसरी नै क्रामाकपाले चियाबारी, वनबस्ती, डीआई फण्ड, एनएच क्षेत्रमा बसोबास गर्नेहरूलाई जमीनको खतियानयुक्त पर्जा पट्टा दिनु पर्ने मांग साथै गोर्खाहरूको स्थायी राजनैतिक समाधानको मांग पनि राखेका छन्। क्रामाकपाले स्थायी राजनैतिक समाधान कहिले हुन्छ भनी केन्द्र सरकार समक्ष प्रश्न पनि गरेका छन्।

खरसाङमा सम्पन्न उक्त पथ सभालाई अर्जुन थापाले सञ्चालन गरेका थिए। उक्त पथ सभामा वक्ताहरू क्रमैले क्रामाकपा केन्द्रीय प्रवक्ता अरूण घतानी, केन्द्रीय सह सचिव शेखर छेत्री, दार्जिलिङ आञ्चलिक कमिटीको सभापति केबी राई, दार्जिलिङ आञ्चलिक कमिटीको सचिव उभ्दव खनाल, सदस्य अमर सुब्बा, नारी मोर्चा केन्द्रीय सदस्या विन्ध्या गोतामे आदिले वक्तव्य राखेका थिए। उक्त पथ सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा केन्द्रीय महासचिव नर्बु लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement