विभिन्न पार्टी त्यागेर गोरामुमोमा सामेल

Screenshot_20230825_130934_WhatsApp.jpg

कालेबुङ: कालेबुङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि हाम्रो पार्टीका शिर्ष नेतृत्व अनि कार्यकर्ताहरु गोरामुमोमा सामेल भएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।
गोर्खा नागरिकता दिवस समारोहको अवसरमा कालेबुङ कफेरमा गोर्खा राष्ट्रिय युवा मोर्चा द्वारा आयोजना गरिएको कार्यक्रममा गोरामुमोमा सामेल भएका छन्। सिङ्जी समालबुङ ग्राम पञ्चायतका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्तिका अध्यक्षा मिनाकुमारी तामाङ गोरामुमोमा सामेल भएका छन्। यसैगरी हाम्रो पार्टीका कालेबुङ ब्राञ्च कमिटी अनि सिङ्जी ग्राम पञ्चायतमा सक्रिय भुमिका निभाउदै आएका मदन काल्देन साथै उनको श्रीमती डेन्का भुटिया लगायत सोह्र जना कार्यकर्ताहरु गोरामुमोमा सामेल भएका छन्। नयाँ सदस्यहरुलाई बिधायक निरज जिम्बा केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पा, केन्द्रीय समिति सदस्य भक्त जैरु साथै शिर्ष नेतृत्वबर्ग द्वारा खदा लगाएर स्वागत जनाउदै बधाई पनि दिएका छन्।
गोरामुमोमा सामेल हुनको उद्देश्य बारे बोल्दै मदन काल्देनले भने, गोरामुमो एउटा लक्ष्य लिएर जन्मेको दल हो अनुशासन, सामुहिक नेतृत्व भएको दलले नै गोर्खाहरुको समस्याको समाधान गराउँछ। पहाडमा गोरामुमो बाहेक अन्य राजनैतिक दल छैन अब गोरामुमोलेनै हाम्रो मुद्दालाई पार लगाउँछ।
युवा नेतृत्वहरुले भरिएको दल बिधायक निरज जिम्बा जस्तोको जस्तो नेतृत्व साथै १९८६ साल देखिनै जाति र माटोको निम्ति समर्पित योद्धाहरु अनि समर्थकहरुले भरिएको दलमा सामेल हुन पाउँदा गर्व गर्छु। अब काधमा काध मिलाएर जाती उन्मुक्तिको निम्ति लागि पर्नेछु भनी मदन काल्देनले आफ्नो बक्तब्यको क्रममा भने।

About Author

Advertisement