विभिन्न परिस्थितिहरूमा खेल्नलाई लिएर उत्साहित कीवि स्पिनर माइकल ब्रेसवेल

IMG-20250301-WA0148

दुबई: न्यूजील्याण्डका अफ् स्पिनर माइकल ब्रेसवेलले वर्तमान च्याम्पियन्स ट्रफीमा भारतलाई आफ्नो सबै म्याच दुबईमा खेल्दा अनुचित लाभ प्राप्त भएको चर्चालाई खारेज गर्दै उनको टीम विभिन्न परिस्थितिहरूमा खेल्नलाई उत्साहित रहेको बताए। रोहित शर्माको कप्तानीमा रहने टीमले आफ्नो सबै म्याच दुबईमा खेलिरहेको छ अनि भारत फाइनलमा पुगे टुर्नामेण्टको खिताबी भिड़न्त पनि यसै स्थानमा हुनेछ। न्यूजील्याण्डले ग्रुप ए-मा आफ्नो अन्तिम म्याच आइतवार भारतविरुद्ध खेल्नेछ। उनीहरूले आफ्नो पहिलो २ वटा म्याच पाकिस्तानमा खेलेका थिए। दक्षिण अफ्रिकाका शीर्ष क्रमका ब्याटर रासी वान डेर डुसेन र अष्ट्रेलियाका नियमित कप्तान प्याट कमिन्ससहित अन्य केही क्रिकेटरहरूले भारतलाई आफ्नो सबै म्याच एउटै स्थानमा खेल्दा फाइदा प्राप्त हुने मत व्यक्त गरेका छन्। टुर्नामेण्टमा अन्य टीमहरूले चाहिँ पाकिस्तानको विभिन्न स्थानहरूको यात्रा गर्नु परिरहेको छ। भारतले सुरक्षा कारणहरूले गर्दा टुर्नामेण्टको निम्ति पाकिस्तान यात्रा गर्न अस्वीकार गरेको थियो। भारतलाई के दुबईमा अनुचित लाभ प्राप्त भइरहेको छ भन्ने प्रश्नको जवाफमा ब्रेसवेलले भने, यसबारे पहिला नै फसेला भएको थियो। यसैकारण अहिले चर्चा गर्ने कुनै मतलब छैन। यस ३४ वर्षीय स्पिनरले भने, यसले खेललाई झन रोमाञ्चक बनाउँछ। हामी एउटा अलग मैदानमा अलग थरीका परिस्थितिहरूमा सामञ्जस्य मिलाउने प्रयास गर्नेछौं। व्यक्तिगत रूपमा मेरो यही सोच रहेको छ। हामी कोशिश गर्न, सिक्न अनि विभिन्न परिस्थितिहरूमा खेल्न उत्साहित छौं।
न्यूजील्याण्डका यस खेलाड़ीको भनाइअनुसार, दुबईको पीचहरूमा स्पिनरहरूले फाइदा पाउनेछन् अनि भारतविरुद्ध म्याच अघि कठोर अभ्यास गर्नु असल हुनेछ। उनले भने, यहाँको पीच स्पिनरहरूका निम्ति फाइदाजनक लागिरहेको छ। यसैकारण पीचको व्यवहारसँग जतिसक्दो चाँड़ो तालमेल मिलाउनु फाइदाजनक साबित हुनेछ। हामीले स्पष्ट रूपले पाकिस्तानका पीचहरूमा खेल्ने मजा लियौं। मेरो विचारमा हामीसँग जस्तै परिस्थितिमा पनि खेल्ने एउटा सन्तुलित टीम रहेको छ। हामी चुनौतीपूर्ण परिस्थितिहरूमा खेल्न रुचाउँछौं अनि यस्तो गर्न जारी राख्नेछौं। पीचसँग तालमेल मिलाउनु नै हाम्रो टीमको सबैभन्दा ठूलो ताकत हो। एउटा टीमको रूपमा हामी यस्तो गर्न जारी राख्नेछौं। उल्लेखनीय छ, न्यूजील्याण्डले आईसीसी टुर्नामेण्टहरूमा भारतविरुद्ध सदा असल प्रदर्शन गरेको छ। यस आँकड़ाले ब्रेसवेल पनि उत्साहित छन्। न्यूजील्याण्डले गत वर्ष भारतमा ३-०-ले टेस्ट सीरीज जितेर इतिहास रचेको थियो।

About Author

Advertisement