विभिन्न दल त्यागी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20241224-WA0159

खरसाङ: खरसाङ खण्ड अन्तर्गत दुधेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा दुधेका ४२ परिवारहरुले विभिन्न दलहरु त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै जीटिए प्रमुख कार्यपाल अनित थापाले दुधेवासीको दीर्घकालीन माग बालासन खोलामा बाँधको निर्माण कार्य पनि चाँडै शुरू हुने जनाए। दुधे क्षेत्रबाट विगत सभासद साथै पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई जिताएको तर लोकसभा चुनावमा देशको राजनीतिलाई हेरेर मत खसाल्ने हाम्रो धेरै पुरानो मानसिकता रहेको र यो मानसिकतामा परिवर्तन आउन धेरै समय लाग्ने उनले जनाए। उनले आफ्नो सम्बोधनमा दुधेका सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई आपासी मतभेद भुलेर एकजूट भई एकै मंचमा आई दुधेलाई राम्रो दुधे बनाईगदिने अनुरोध गरे। सभासद प्रणाम रसाईलीले समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै दुधे खण्ड समितिलाई बलियो बनाउन पार्टीको निर्देश अनुसार नन्द कुमार थामीलाई दुधे खण्ड समिति अध्यक्ष साथै चन्द्रप्रसाद शर्मालाई दुधे खण्ड समितिको सचिव पदमा चयन गरिएको पनि जनाए। आज सम्पन्न समर्थन कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य सन्तोस लामा, खरसाङ महुकमा समिति प्रवक्ता अनूप रामुदामु, समष्टि सभापति साथै सन्त मेरी तीन ग्राम पंचायत प्रधान मणिराज डुम्जन, समष्टि सांगठनिक सचिव कुनाल छेत्री, समिति सदस्य मौसम तामाङ, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, सन्त मेरी तीन ग्राम पंचायत सदस्य पूजा लोहार,धनप्रसाद तामाङ, निरज डुम्जन, दुधे युवा शक्ति अध्यक्ष प्रतीक लोहार, लंगभ्यु युवा शक्ति संयोजक निसान गोले, साथै पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement