विपक्षको फार्मूला, पाँच वर्षमा पाँच प्रधानमन्त्री: नरेन्द्र मोदी

6645efff62a69-pm-modi-163734123-16x9.jpg

प्रतापगढ़: प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतापगढ़मा जनसभालाई सम्बोधित गर्दै इन्डी अलायन्सको सरकार चलाउने फार्मूला हरेक साल एक नयाँ प्रधानमन्त्री हो भनेका छऩ्। उनले भने, देश चलाउनु सुनको चम्ची लिएर जन्मिने नानीहरूको बुताको कुरा होइन।

रायबरेलीका जनताले पनि यिनीहरूलाई घर पठाउनेछन्। अमेठीबाट गए औं अब यिनीहरू रायबरेलीबाट पनि जानेछऩ्। राजकुमार चाहे लखनऊको होस् या फेरि दिल्लीको, गर्मीको छुट्टीमा विदेश जानेछन्। र म गारन्टी दिन्छु, तपाईको सेवाको निम्ति दिन-रात एक गरेर काम गर्नेछु। मेरो क्षण-क्षण तपाईको नाम, मेरो शरीरको कण-कण तपाईको नाम। यी राजकुमारहरूलाई न त मेहनत गर्ने बानी छ न त नतिजा ल्याउने नै। यिनीहरूले सोच्छन्, भारत आफै आत्मनिर्भर बन्नेछ। इन्डी गठबन्धनमा त्यही मानिसहरू छन्, जसले सेनाको शौर्यमाथि प्रश्न चिह्न खड़ा गर्छन्। तपाईलाई सपा-कांग्रेसबाट सावधान बस्ने आवश्यकता छ। ४ जूनमा सबै रेकर्ड तोड़िनेछ, देशमा भाजपाले सरकार बनाउनेछ। हामी विकसित र आत्मनिर्भर भारत बनाउनेछौं। तेस्रो कार्यकालमा हामी हिन्दुस्तानलाई विश्वमा तेस्रो नम्बरको शक्ति बनाएर छाड्नेछौं। सपा-कांग्रेसले देशको विकासको खिल्ली उड़ाउछन्। देशको खजानामाथि यिनीहरूको नजर छ। यिनीहरूले २०१४ अघि देशलाई बर्बाद गरेका थिए। हरेक क्षेत्रमा लुट चलिरहेको थियो। देश निःराशामा डुबेको थियो। हामीले देशको अर्थव्यवस्थालाई विश्वमा पाँचौं नम्बरमा ल्याएका छौं।

आज भारतले जी-२० जस्ता ठूलो आय़ोजन ठूलो सफलता र गर्वको साथ गराउँछ। भारतले आफ्नो तिरंगाको छाप चन्द्रमामा पनि छोड्छ। के १० वर्षअघि यस्तो सफलताको कल्पना पनि गर्न सकिन्थ्यो ? तब हजारौं करोड़को घोटाला बाहेक कुनै खबर आएको थियो र ? पहिले जुन असम्भव लाग्थ्यो, आज त्यो सम्भव भएको छ। यो परिवर्तन, यो सफलता मोदीको कारण नभएर तपाईको एक भोटको कारण भेटिएको हो, यो तपाईको भोटको शक्ति हो। यसैले आज पूरा देशले भनिरहेछ- यस सरकारको तेस्रो कार्यकाल अझ् शानदार हुनेछ। प्रतापगढ़को नाममै प्रताप छ। यो वीरहरू र बलिदानीहरूको भूमि हो र आज हाम्रो भारतको प्रताप पूरा विश्वले देखिरहेछ, आज पूरा विश्वमा भारतको जयकार भइरहेछ। यूपीको विकास, देशको भविष्य तपाईको एक भोटले तय गर्नेछ।

About Author

Advertisement