विन्द्या सुब्बाकृत ‘३५ साल’ काे लोकार्पण, पूर्णकुमार राईको ७५औं जन्मदिवस पालन

IMG-20250916-WA0134

दार्जिलिङ: मन्दरा स्मृति प्रतिष्ठानको आयोजनामा दार्जिलिङको पार्क रेस्टुरा परिसरमा भारतीय नेपाली साहित्यकी वरिष्ठ नारी हस्ताक्षर विन्द्या सुब्बाकृत ‘३५ साल’ को विधिवत् लोकार्पण गरियो। सोही अवसरमा उनका श्रीमान् पूर्णकुमार राईको ७५औं जन्मदिवस पनि भव्य रूपमा मनाइयो।
कार्यक्रमको सञ्चालन कथाकार सरोजनी सागर देवानले गरे भने परिवारतर्फबाट सन्तोष कुमार राई र केवल राईले आतिथ्य ग्रहण गरे। कार्यक्रममा डा. वीणा हाङखिम, अमला क्षेत्री, मनोहर राई, किरण प्रधान, डा. राजकुमार क्षेत्री, गीता क्षेत्री, स्नेहलता राई, शम्भु सुब्बा, टेकध्वज जिम्बा, देवेंद्र सुब्बा, वेदिका राई, अनुप शेर्पा लगायतको विशेष उपस्थिति थियो।
दीप प्रज्ज्वलनपछि स्वागत मन्तव्य स्व. मन्दरा सुब्बाकी छोरी पवित्रा राई सुब्बाले दिइन्। सत्य साई सेवा केन्द्र रोपवेका भक्त सदस्यहरूले गणपति प्रार्थना, साई गायत्री, स्तोत्र पठन गरेपछि कार्यक्रम सुरु गरिएको थियो।
कृतिको लोकार्पणपछि डा. राजकुमार क्षेत्रीले ३५ साल को साहित्यिक महत्वबारे प्रकाश पारे। त्यस्तै, आध्यात्मिक चिन्तक शम्भु सुब्बाले विद्या सुब्बाको आध्यात्मिक योगदानबारे मन्तव्य राखे।
विद्या सुब्बाले कविता, कथा, उपन्यास, नियात्रा, अनुवाद र आध्यात्मिक कृतिहरू प्रकाशित गर्दै भारतीय नेपाली साहित्यलाई समृद्ध तुल्याएकी छन्। उनका चर्चित कृतिहरूमा अन्तर्निहित, कथाक्रम, हस्पिस, फूलहरू : पहाडहरू : धर्साहरू, निर्गमन, सीमान्त, द्रौपदी, अरब सागरको किनारमा, अक्षरहरूको यात्रामा सिडनी, सत्यम् शिवम् सुन्दरम् लगायत रहेका छन्।
कार्यक्रमकै क्रममा पूर्णकुमार राईको ७५औं जन्मदिवस केक काटेर मनाइयो। अन्त्यमा पूर्णकुमार राईले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।

About Author

Advertisement