विन्टर क्याम्पको लागि अस्थायी कार्यलय उद्घाटन

IMG-20250127-WA0161

गोरुबथान: गोरुबथान सर्कल अन्तर्गत ४३ नम्बर समष्टिका सम्पुर्ण प्राथमिक पाठशालामा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गीण विकास हेतु विन्टर क्याम्प सम्पन्न हुने भएको छ।सो विन्टर क्याम्पको आयोजना हेतु स्थानीय युद्धवीर जुनियर बेसिक स्कुलमा अस्थायी कार्यलय बनाउने निश्चय गरियो।जिल्ला पाठशाला बोर्ड मेम्बर एवम् डिएलसी संयोजक काशीराम प्रधान साथै सिएलसी संयोजक अभिनय थापाको अगुवाइमा माल बस्तीमा स्थित युद्धवीर जुनियर बेसिक पाठशालामा अस्थायी कार्यलय उद्घाटन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement