विनेशलाई सन्न्यासको फसेलामाथि पुनर्विचार गर्ने डब्ल्यूएफआई अध्यक्ष सञ्जय सिंहको परामर्श

IMG-20240826-WA0349

इन्दौर: भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का अध्यक्ष सञ्जय सिंहले पेरिस ओलम्पिकमा दुर्भाग्यवश पदक जित्नदेखि वञ्चित भएपछि खेलबाट सन्न्यासको घोषणा गर्ने विनेश फोगाटलाई आफ्नो फसेलामाथि पुनर्विचार गर्ने परामर्श दिएका छन्। पेरिस ओलम्पिकमा महिलाहरूकी ५० किग्रा वर्गको फाइनलअघि विनेशको ओजन १०० ग्राम अधिक पाइएको थियो। यसैकारण उनलाई डिस्क्वालीफाई गरिएको थियो। त्यसपछि विनेशले निराश भएर खेलबाट सन्न्यासको घोषणा गरेकी थिइन्। सञ्जयले भने, विनेशले शुद्ध रूपले कुश्ती खेल्न चाहन्छिन् भने उनले सन्न्यासको फसेलामाथि पुनर्विचार गर्नु पर्नेछ। उनीबाट प्रेरणा लिएर महिला पहलवानहरूकी हाम्रो नयाँ पीढ़ी अघि बढ़्नेछ। यसको साथमा उनले थपे, विनेशले गत केही समयदेखि जसरी राजनैतिक मञ्च साझा गरिरहेकी छन्, त्यसलाई बिचार्दा (भविष्यमा) राजनीति नै गर्नु छ भने उनले फेरि कुश्तीमा राजनीति गर्नु हुँदैन। म यही चाहन्छु। विनेश राजनैतिक मैदानमा ओर्लिने सम्भावनाहरूमाथि कुनै पनि टिप्पणी गर्न अस्वीकार गर्दै सञ्जयले यसलाई ३० वर्षीय पहलवानको व्यक्तिगत मामिला बताए। उनले भने, विनेश प्रतिस्पर्धी कुश्तीमा फर्किन चाहन्छिन् भने हामी उनलाई पूर्ण सहयोग गर्नेछौं। गत वर्ष देशमा पहलवानहरूको आन्दोलनले राष्ट्रिय महासंघलाई ठूलो शिक्षा दिएको छ। उल्लेखनीय छ, गत वर्ष पहलवानहरूले तत्कालीन डब्ल्यूएफआई अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध धरना प्रदर्शन गरिएको थियो। वर्तमान डब्ल्यूएफआई अध्यक्ष सञ्जय सिंहलाई बृजभूषणको नजिकको मानिन्छ। वर्तमान अध्यक्षले भने, हामीलाई पेरिस ओलम्पिकमा भारतीय पहलवानहरूले ६ वटा पदक जित्ने आशा रहेको थियो तर देश विरोधी ताकतहरूको षड़यन्त्रले गर्दा १८ महिनासम्म कुश्तीको गतिविधिहरू बन्द रहेको थियो। यस आन्दोलनले गर्दा देशलाई ओलम्पिकमा केवल एउटा पदक हासिल भयो। म कुश्ती र राजनीतिलाई अलग-अलग राख्न चाहन्छु। उनले हालै जोर्डनमा भएको अण्डर-१७ विश्व कपमा महिला कुश्ती टीमको असाधारण प्रदर्शनलाई उल्लेख भारतीय महिला कुश्ती अहिले असल स्थितिमा रहेको बताए। सञ्जयले भने, डब्ल्यूएफआई-लाई स्वतन्त्र रूपमा काम गर्न दिइए अनि २-४ वटा संस्थाहरूले हाम्रो कामकाजमा दखल दिन बन्द गरे हामी आउँदो ओलम्पिकमा महिला कुश्तीमा देशलाई ४-५ वटा पदक दिलाउन सक्नेछौं। हामी यस खेलको भलाईको निम्ति निरन्तर कार्य गर्नेछौं।

About Author

Advertisement