विनर्स टीमको दोस्रो टोली पनि गठन

21-31-31-d5f53f43-9794-45a9-909d-a629d9ffe054-1024x576.jpg

सिलगढी: विनर्स टीमको दोस्रो टोली पनि गठन गरेको छ । सिलगढी मेट्रोपोलिटन पुलिसले सहरमा महिलाको सुरक्षालाई अझ सुनिश्चित गर्ने उद्देश्य लिएर गठन गरिएको हो। सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले हिजो हरियो झण्डा देखाएर विनर्स टीमको दोस्रो टोलीलाई प्रस्थान गरे। हाल विनर्स टोलीमा ६४ जना महिला पुलिसकर्मी सामेल छन्। तीमध्ये २० जनाले ईस्ट जोन र २० जनाले वेस्ट जोनमा नजरदारी राख्नेछन् भने अन्य २४ जना विनर्स टीमको महिला पुलिसलाई रिजर्भ राखिएको छ। यस अवसरमा सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले भने, गत १० महीनाअघि विनर्स टीमको गठन गरिएको थियो।
राज्यभरिमै उक्त टीमको कार्यलाई निक्कै प्रशंसा गरिरहेको छ भने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले स्वयम् उक्त टीमको प्रशंसा गरिन् । मुख्यमन्त्रीले राज्यको प्रत्येक जिल्ला तथा पुलिस कमिश्नरेटमा विनर्स टीम तयार गर्ने निर्देश दिएकी थिइन्। विनर्स टीमको कार्यलाई हेरेर ने यसको दोस्रो टोली गठन गर्ने निर्णय लिएको थियो। यसै अनुसार विनर्स टीमको दोस्रो टोली गठन गरेर सड़कमा उतारेको छ भने उक्त टोलीले अब सिलगढी सहरभरिमै नजरदारी राखेछ।

About Author

Advertisement