विधायक साङ्गे लेप्चाले गरे पीडित परिवारसँग भेट

IMG-20230719-WA0363.jpg

गान्तोक: योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक एवम सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले कोङग्री- लाब्दाङको भ्रमण गर्दै हालै परेको पानीले पुऱ्याएको क्षतिबारे जानकारी लिए। भ्रमणको क्रममा योक्समका महकुमा अधिकारी छिरिङ टी. भोटिया, खण्ड विकास अधिकारी गराप दोर्जी भोटिया लगायत अन्यहरू पनि सामेल रहेका थिए। यस अवसरमा विशेष गरेर विधयाक लेप्चाले पानीले पुऱ्याएको निजी सम्पति जस्तै घर, जमीनबारे जायजा लिँदै स्थानीय पञ्चायतहरूलाई यसबारेमा रिपोर्ट तयार गरेर बुझाउनु पर्ने निर्देश दिएका छन्। उनले पीडित परिवारहरूसँग अन्तक्रिया गर्दै सरकारको तर्फबाट हुने सबै प्रकारको सहयोग प्रदान गर्ने पनि आश्वासन दिएका छन्। यो मनसुनको समयमा यस स्थानमा अझ धेरै क्षति पुग्ने सक्ने सम्भावनालाई ध्यानमा राख्दै विधायक लेप्चाले स्थानीयहरूलाई सतर्क रहने सुझाउ दिएका छन्। मिडल लाब्दाङको गाउँको केही भागहरू पानीले क्षति पुऱ्याएपछि त्यहाँका २७ घरहरूलाई अझ धेरै चिन्तित बनाएको छ।

About Author

Advertisement