विधायक साङ्गे लेप्चाले गरे पैह्रौ प्रभावित स्थलको निरीक्षण

IMG-20220912-WA0264.jpg

गान्तोक: सिक्किम विधानसभाका उपाध्यक्ष एवम योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक साङ्गे लेप्चाले पैह्रौ प्रभावित स्थलहरूको निरीक्षण गरे। उनीसँग गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा लगायत अन्य अधिकारीवर्ग पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा विधायक लेप्चाले पैह्रौ प्रभावित परिवारलाई प्रकृतिक प्रकोपको कोषबाट आर्थिक सहयोग तत्कालको निम्ति प्रदान गरे। सोही प्रकारले जिल्लापालले गत २२ जूनको दिन घर निर्माणको निम्ति २ लाख रूपियाँ अनुमोदन गरेकी थिइन्। यसरी सरकारबाट शीघ्र सहयोग प्राप्त गर्न सफल भएकोमा लाभार्थी जस बहादुर लिम्बूले विधायक साथै राज्य सरकारप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement