विधायक सञ्जीत खरेल मन्त्रीहरूको बैठकमा सहभागी

IMG-20241112-WA0295

गान्तोक: विद्युत विभागका सल्लाहकार एवं नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक सञ्जीत खरेलले नयाँ दिल्लीको यसोभूमिमा आयोजित राज्य अनि केन्द्रशासित राज्यको मन्त्रीहरूको बैठकमा सहभागिता जनाए। उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय ऊर्जा मन्त्री मनोहर लाल खट्टरले गरेका थिए। यस अवसरमा विधायक सञ्जीत खेरल लगायत, विभागका सचिव टीटी लेप्चा, पीसीई टीटी भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। उक्त कार्यक्रममा विधायक खरेलले सिक्किम राज्यमा सञ्चालन चलिरहेको विभिन्न परियोजनाबारे प्रकाश पारे। उनले गत वर्षको बाढले सिक्किमको पावर डिस्ट्रिव्युसन सिस्टम विनाश गरेको पनि अवगत गराए।

About Author

Advertisement