विधायक शंकर घोष डेंगुको स्थिति जाँच गर्न पुगे सिलगढी जिल्ला अस्पताल

IMG_20220924_185837.png

सिलगढी: विधायक शंकर घोषले डेंगूको रोकथाम गर्न सिलगडी नगर निगम असफल रहेको आरोप लगाएका छन्। आज सिलगढीका विधायक शंकर घोष डेंगूको स्थिति जाँच गर्नको लागि सिलगढी जिल्ला अस्पतालमा पुगेका थिए। नगर निगमका विपक्षी दलका नेता अमित जैन, पूर्व पार्षद नान्टू पाल, कन्हैया पाठक लगायत अन्य उपस्थिति रहेको थियो। विधायक घोषले डाक्टर देखाउनको लागि अस्पताल पुगेका रोगीहरूसित पनि कुराकानी गरे। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले जुन प्रकारले डेंगूको प्रकोप लगातार बढिरहेको छ, त्यो खुबै चिन्ताको विषय रहेको बताए। डेंगू रोकथाम गर्नको लागि नगर निगम व्यर्थ रहेको पनि तिनले बताए। नगर निगमको डेंगू रोकथाम गर्न कुनै प्रकारको योजना नरहेको तर केवल कार्निभलमा नै व्यस्त रहेको तिनले आरोप लगाए। अर्कोतिर, नगर निगमका मेयर गौतम देवले विधायक शंकर घोषको टिप्पणीलाई कुनै महत्व नदिएर आफुहरूले डेंगू रोकथामको लागि कार्य गरिरहेको दावी गरेका छन्।

About Author

Advertisement