विधायक शंकर घोषले रेडक्रस सोसाइटीलाई शव बोक्ने वाहन प्रदान

सिलगढी: रेडक्रस सोसाइटीलाई सिलगढीका विधायक शंकर घोषले विधायक कोषबाट शव बोक्ने वाहन प्रदान गरे। रेडक्रस सोसायटीलाई शव बोक्ने वाहन प्रदान गरेपछि विधायक घोषले स्थानीय प्रशासनको कामलाई लिएर निराशा व्यक्त गर्दै विधायक पदमा रहेको लगभग दुइ वर्ष बितिसक्दा पनि प्रशासनिक उदासीनताको कारण साधारण मानिसहरूको हितको लागि ठिकसँगले काम गर्न सकेको छुइनँ। तिनले विशेष रूपले नगरनिगम तथा एसजेडीएको सहयोग मागे। तिनीहरूको सहयोगले साधारण मानिसहरूको हितमा अझ काम गर्ने तिनले इच्छा जाहेर गरे। भविष्यमा दिव्याङ्ग तथा साधारण नानीहरूको लागि विकासमूलक कार्य गर्ने साथै सहरवासीको लागि काम गर्ने तिनले इच्छा व्यक्त गरे।

About Author

Advertisement