विधायक लेप्चाद्वारा पाँच लाभार्थीलाई हाउस एलोटमेन्ट अर्डर हस्तान्तरण

IMG-20250313-WA0432

गान्तोक: नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चाले आज सिक्किम गरीब आवास योजनाअन्तर्गत गरिबी रेखामुनिका मानिसहरूलाई हाउस एलोटमेन्ट अर्डर वितरण गरिन्। गत वर्ष आएको विनासकारी बाढको कारण घरबिहीन बनेका परिवारलाई घर उपलव्ध गराउने उद्देश्यले हाउस एलोटमेन्टको अर्डर वितरण गरिएको हो। उल्लेखनीय छ, गत वर्षको जून महिनामा आएको भीषण बाढीको प्रकोपको कारण थेक गाउँलाई धेरै प्रभावित तुल्याएको थियो। विधायक लेप्चाले आज जिल्ला अध्यक्ष लाडेन ल्हमू भोटिया, जिल्लापाल रोहन अगवानेको उपस्थितिमा हाउस एलोटमेन्टको अर्डर प्रदान गरेकी हुन्। यस अवसरमा विधायक लेप्चाले लाभार्थीहरूसँग प्रत्यक्षरूपमा अन्तक्रिया गर्दै उनीहरूको व्यक्तिगत समस्याबारे जानकारी पनि लिएकी थिइन्। यस अवसरमा विधायक लेप्चाले पाँचजना लाभार्थीहरूलाई हाउस एलोटमेन्ट अर्डर प्रदान गरिन्। जसमा हेमबहादुर राई, अकलबहादुर राई, हर्कबहादुर राई, छबिलाल गुरूङ र हेमराज गुरूङ सामेल रहेका छन्।

About Author

Advertisement