विधायक लाम्ठाले गरे जलाधार यात्राको शुरु

IMG-20250206-WA0349

गान्तोक: सिक्किम सरकारका वन तथा पर्यावरण विभागीय सल्लाहकार तेञ्जिङ लाम्ठाले आज देवरालीस्थित वन सचिवालय परिसरमा जलाधार यात्राको शुरु गरे। यस अवसरमा विभागका सचिव डा. प्रदीप कुमारले कार्यक्रमको औचित्यमाथि बताए। सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरू, अधिकारीहरूको उपस्थितिमा सल्लाहकार लाम्ठाले झण्डा देखाएर योजनाको शुरु गरेका थिए। प्रधानमन्त्री कृषि सिन्चायई योजनाको जलाधार विकासद्वारा सञ्चालित योजना सिक्किममा जलाधार गतिविधिहरूको विस्तारसंगै अघि बड़ाइने जानकारी सचिवले गराए। यसबारे जागरूकता सिर्जना गर्न एक जनसम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइने तयारी समेत गरेको छ। उक्त योजना देशमा २७ राज्य र दुई केन्द्र शासित प्रदेशहरूमा सञ्चालन भइरहेको छ। उक्त योजना हिजो शुरु गरिएको थियो। यो यात्राको उद्देश्य जनसमुदायको भागिदारी प्राप्त गर्नु रहेको छ। जलाधार परियोजनाको कार्यान्वयनको लागि आवश्यक मानिने विषयमाथि विभागले प्रभावी पहल गर्ने तयारी समेत गरेको छ। यसअन्तर्गत जीविकोपार्जन र जलाधार दिगोपनको प्रवर्द्धनका लागि स्थानीय संस्थाहरूलाई बलियो बनाउन र प्रोत्साहन दिएर दक्षता सुधार गर्नु रहेको छ।
परियोजनाको कार्यान्वयन भारत सरकारको भूमि संसाधन विभागले तयार पारेको हो। यसबाहेक, भारत सरकारको भूमि संसाधन मन्त्रालयले सिक्किम राज्यमा कार्यान्वयन गरिने ६ वटा परियोजनाहरूको लागि २०,००० हेक्टर क्षेत्रफल स्वीकृत गरेको को छ। जसमा केन्द्र र राज्य सरकारबीच साझेदारी गरिनेछ। यो परियोजना सिक्किम सरकारको वन तथा पर्यावरण विभागअन्तर्गत राज्य स्तरीय नोडल एजेन्सीले सञ्चालन गर्नेछ। यो यात्रा गान्तोकबाट पाक्योङ, मङ्गन, नाम्ची र सोरेङ जिल्लामा पूरा यात्रा गर्नेछ।

About Author

Advertisement