विधायक राईले गरे चिल्ड्रेन पार्कको उदघाटन

IMG-20250624-WA0106

नाम्ची: नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईले आज मणिराम माध्यमिक विद्यालयमा निर्मित चिल्ड्रेन पार्कको उदघाटन गरे। पार्क निर्माणको मुख्य उद्देश्य सरकारी विद्यालयतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्नका साथै विद्यार्थीहरूको मनोविज्ञानको विकास गर्नु रहेको रहेको छ। विधायक राईले शिक्षक र विद्यार्थीहरूसँग पनि अन्तर्क्रिया गरे। उनले विद्यार्थीहरूको समग्र विकासमा ध्यान केन्द्रित गराउँदै उनीहरूलाई लागूपदार्थ र मदिराबाट टाढा राख्न नैतिक शिक्षा उपलव्ध गराउनुपर्ने सुझाउ दिए। यस अवसरमा समाजका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो।

About Author

Advertisement