विधायक बीपी बजगाईद्वारा राज्यको श्रममन्त्रीसित भेट

228373f6-c60a-4711-892b-d91947b261d7

खरसाङ   : खरसाङका भाजपा विधायक बीपी बजगाईले आज पश्चिम बंगालको श्रममन्त्री बेचाराम मन्नासित कोलकोतामा भेट गरेका छन्। यसावधि उनले राज्यको श्रम मन्त्रीलाई पहाड़को दशवटा चियाबारीहरूमा वेतन नदिएको विषयमा अवगत गराएको जानकारी दिएका छन्। खरसाङका विधायक बीपी बजगाईले पहाड़को चियाबारी विषयमा अवगत गराएपछि राज्यको श्रम मन्त्रीले ध्यानपूर्वक सुनेको बताउँदै उनको उपस्थितिमा नै श्रममन्त्री बेचाराम मन्नाले सम्बन्धित विभाग र निकायहरूमा यसमाथि कार्य गर्नलाई अनि समस्याको समाधान खोजी निकाल्न भनेको पनि बताएका छन्। राज्यको श्रममन्त्री मन्नाले यस विषयमा चाँढ़ै कार्य गरिने र यसको लागि उचित कदम चालिने पनि बताएका छन् । उक्त भेटमा खरसाङको विधायक बीपी बजगाईले राज्यको श्रम मन्त्री बेचाराम मन्नालाई लेखेको पत्रमा  श्रमिकहरुको सम्बन्धमा अति संवेदनशील विषयमा म तपाईंलाई यो पत्र लेखिरहेको बताउँदै दार्जिलिङ अर्गानिक टी प्राईवेट लिमिटेडद्वारा संचालित जम्मा दशवटा चियाबगानहरुमा अहिले श्रमिकहरु अन्यायको शिकार बनेका छन् र यसको मालिक हामी श्री संजय बंसल भनेर चिन्दछौं भनी उल्लेख गर्दै वर्तमानमा श्रमिकहरुले ४ तथा ५ पाक्षिकदेखि कुनै रोजगार पाएका छैनन्, यसैगरी चिया बगानका स्टाफहरुले अप्रेल अनि मई महिनाको वेतन पनि पाएका छैनन् भनी उल्लेख गरेका छन्। विधायक बीपी बजगाईले मेरो जानकारी अनुसार 2019 सम्म अवकाश पाएका जम्मा १ सय ७ जनाको ग्राजुएटी अहिलेसम्म भुक्तानी भएको छैन र कर्मचारीहरूको पीएफ २ करोड ५३ लाख बाँकी रहेको अनि यस्तो परिस्थितिको कारण गरीब श्रमिकहरुले आफ्नो दैनिक जीवन जीउनु पनि धेरै कठिन परिरहेको स्थिति अहिले पहाडको यी दशवटा चियाबगानमा देखिएको छ भनी उल्लेख गरेका छन्। ती दशवटा चिया बगानहरूमा – हेप्पी भेल्ली,
रंगमुक सिडर्स, मंगरजुङ, पान्दाम, रागेरुङ, आलुबारी, मुण्डाकेठी, अम्बटे, मन्टिभियट र चुङथुङ आदि रहेका छन्।
 विधायक बीपी बजगाईले यसको कारण जान्न चाहँदा अम्बोटिया चिया बगानका जेनेरल म्यानेजर  राजेन सुब्बाले बताएको जानकारी अनुसार यो बगानको मालिक संजय बंसल हो, उनले विभिन्न ब्यांकहरुबाट लगभग २०० करोड धनराशी ऋण लिएका छन् अनि जैविक खेतीलाई सहयोग पुर्याउने पाँचजना सदस्य भएको एउटा विदेशी ग्रुपबाट उनले ३५० करोड धनराशी ऋण लिएका छन्।  संजय बंसलले  ३ सय ५० करोड ऋण तिर्न नसक्दा सन् २०२० देखि चिया बगानहरू त्यस विदेशी ग्रुपको हातमा गएको छ भनी बताएका छन् । विधायक बीपी बजगाईले उनीहरू को हुन् भन्ने जानकारी मेनेजर समेतलाई छैन, यद्यपी उनले ती पाँचजनामध्ये एक जनाको नाम मिस्टर रन्बर्ट रहेको बताएका छन् जो हल्याण्ड निवासी हुन् अनि वर्तमानमा उनी यी कम्पनीहरूका एक्टिंग चेयरमेन पनि हुन्  भनेर बताएको जानकारी गराएका छन् । जेनेरल म्यानेजर सुब्बा अनुसार यस कम्पनीलाई वर्तमानमा कोलकाताको होबोकेन रोडस्थित कार्यालयबाट एकजना इन्द्र्निल गुहा भन्ने व्यक्तिले संचालन गरिरहेका छन् जो कम्पनीका सीईओ हुन्। यी चियाबगानहरुमा चिया उद्योगले कमाएको पैसा ब्याङ्कले ऋण भुक्तानीस्वरुप लाने गरेकोले अनि कुनैपनि ब्याङ्कहरुले यस कम्पनीलाई ऋण पत्याउनै नसकेकोले गर्दा कमानमा दैनिक हाजिरा अनि वेतन भुक्तान गर्न नसकेको लगायत अन्य समस्या जन्मिएको कुरा मलाई अम्बोटिया चिया बगानका जेनेरल म्यानेजरले बताएका छन्  भनी विधायक बीपी बजगाईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। यस विषयमा उनले राज्यको श्रममन्त्रीलाई अहिलेको परिस्थितीमा यी चिया बगानहरूमा श्रमिकको लगायत कर्मचारीको भविष्य अनिश्चित देखापरेको छ भन्दै संजय बंसलद्वारा विदेशी टीमबाट रू० ३५० करोड धनराशी लिएको विषय अनुसन्धानको विषय बनेको छ अनि राज्य सरकारले संजय बंसललाई दिएको लिज अहिले विदेशी कम्पनीको हातमा गएको छ अनि श्रमिकको अवस्था राम्रो छैन बगान मालिक बन्सलले गरेको आर्थिक अनियमितताको कारणले श्रमिकहरु धेरै असुविधामा परेका छन् भनी उल्लेख गरेका छन्। यस्तो परिस्थितिमा खरसाङका विधायक बीपी बजगाईले राज्यको श्रममन्त्री समक्ष विभिन्न सुझावहरू राखेका छन्। तीमध्ये वास्तवमा उक्त चियाबारीहरुको मालिकाना हक कस्को नाममा रहेको छ त्यसको स्पष्टीकरण दिइयोस, चियाबारी अन्य कम्पनीले लिएकै हो भने हस्तान्तरण गर्न अगाडी चियाबगान बन्दको अफिसियल नोटिस वर्तमान कम्पनीको पक्षबाट सार्वजनिक गरियोस, यसो नभए श्रमिकहरुले सरकारमार्फत प्राप्त गर्ने सुविधाहरु प्राप्त गर्न सक्दैनन्,
चियाबगानका श्रमिकवर्ग अनि कर्मचारीहरुले झट्टै आर्थिक अनि सामाजिक न्याय पाउन सकुन, श्रमिकहरूले पाउनुपर्ने  दैनिक हाजिरा अनि कर्मचारीले पाउनुपर्ने वेतन यथाशीग्र दिलाउने कार्य तपाईंको विभागद्वारा सुनिश्चित गरियोस भनी मांग गरेका छन् । त्यसरी नै उनले  कर्मचारीको प्रोभिडेन्ट फण्ड ( पीएफ) झट्टै सबै भुक्तान होस् भन्दै संजय बन्सलले सबै अनियमितताहरू दुर गरेर अनि श्रमिक तथा कर्मचारीहरूको पाउनुपर्ने रकमहरू सबै भुक्तान गरेर आफ्नो बगान आफै सन्चालन गरोस् अन्यथा उसले गरेको आर्थिक अनियमितता अनि विदेशी कम्पनीलाई चिया बगान सुम्पेको अवस्थालाई ढ्याम्म राखेर झट्टै संजय बंसललाई दिइएको लीज रद्द गरियोस् अनि चिया बगानहरूका श्रमिक अनि कर्मचारीहरूको संयुक्त सहकारी समिति गठन गरेर उनीहरूलाई चिया उद्ध्योग चलाउन दिइयोस भनी मांग गरेका छन् ।

About Author

Advertisement