गान्तोक: जंङ्गु निर्वाचन क्षेत्रका विधायक पिन्छो नामग्याल लेप्चाले आज आगामी दिनमा पालन गरिने नमसुङ पर्वलाई लिएर नामप्रिकदाङको निरीक्षण गरे। निरीक्षणको क्रममा विद्युत एवं ऊर्जा विभागका सल्लाहकार, जिल्लापाल डा. एबी कार्की लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। यस अवसरमा विधायक लेप्चाले विशेष गरेर नमसुङ पर्वमा चाहिने आवश्यक पूर्वधार जस्तै पानी, विजूली आदिबारे पनि छलफल गरियो। आफ्नो छोटो सम्बोधनमा विधायक लेप्चाले यस वर्षको नमसुङ पर्व भव्यरूपमा पालन गरिने भएकोले यसलाई सफल तुल्याउन सबैले एक अर्कासँग सहकार्यको भावना राखेर काम गर्नु पर्ने सुझाउ दिए। यस पर्वले उत्तर जिल्लाको विकासमा थप टेवा पुग्न सक्ने सम्भावना व्यक्त गरे।










