गान्तोक: दक्षिण जिल्लाको मल्लीनजिक रोलु मैदानमा आगामी २१ दिसम्बरको दिन आयोजना गरिने एसकेएम पार्टीको १६औं रोलु दिवसको लागि आज नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चाको अध्यक्षतामा पाकिम जिल्ला एसकेएम पार्टी कार्यालयमा समन्वय बैठक सम्पन्न भयो। सभामा जिल्ला अध्यक्षा लाडेन ल्हामु भोटिया, एसकेएम उपाध्यक्ष इन्चुङ भोटिया, उपाध्याक्ष प्रभारी पाकिम जिल्ला मिलन सिलवाल लगायत युवा तथा नारी शक्तिका सदस्यहरू आदि उपस्थित थिए। सभामा जनपरिचालन, यातायात व्यवस्था, प्रचार, झण्डा लगाउने र सवारी कुपन वितरणको जिम्मेवारी जस्ता विषयमा बैठक केन्द्रित थियो। प्रत्येक टोलीलाई सहज कार्यान्वयन र अधिकतम सहभागिता सुनिश्चित गर्न जिम्ममेवारीहरू सुम्पिएको छ। क्षेत्र विधायकले नाथाङ माछोङ निर्वाचन क्षेत्रका जनता र एसकेएम पार्टी कार्यकर्ताहरूलाई यस ऐतिहासिक उत्सवमा सक्रिय रूपमा भाग लिन र साक्षी हुन औपचारिक आमन्त्रणा गर्दै सोह्रौँ रोलु दिवसलाई सफल तुल्याउन एकता र समर्पणको महत्वमा जोड दिइन्। यसलाई अविस्मरणीय बनाउन निर्वाचन क्षेत्रको अधिकतम सहभागिताका लागि उनले आग्रह गरिन्। बैठकपछि विधायक लेप्चाले नाथाङ माछोङ निर्वाचन क्षेत्रका जनतासँग अन्तरक्रिया गर्दै उनीहरूको चिन्तालाई सम्बोधन गरिन्।









