विधायक खरेललाई नामथाङका जनताले जनाए स्वागत

IMG-20240624-WA02401

गान्तोक: गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा भारी मतले विजयी बनेका नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक संजीत खरेललाई आज एक कार्यक्रमको आयोजना गर्दै भव्यरूपमा स्वागत जनाइयो। विजय उत्सवलाई सम्बोधन गर्दै विधायक खरेलले आफूलाई भोट दिने ८७४५ जनतालाई धन्यवाद दिँदै बधाई टक्राए। यो जीत जनताको जीत रहेको बताउँदै अब आफ्नो पक्षमा भोट खसाल्ने हरेकको काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। आफ्नै पार्टीमा रहेर पनि दुईतिर खेल्ने कार्यकर्ताहरूलाई लाखेस गर्दै तिनीहरूविरुद्ध कार्वाही गरिनेपनि चेताउनी दिएका छन्। अब एक महिनाभित्र चुनाउको समयमा पार्टीलाई सघाउने व्यक्तिहरूलाई चिन्हित गर्दै वार्ड वार्ड घुमेर जनताको सेवा गर्ने उनले बताए। भने आफू मुख्यमन्त्री पीएस गोलेको पक्का भक्त रहेको हुँदा कुनै कुराले पनि आफूलाई पार्टी अनि मुख्यमन्त्रीबाट अलग गर्न नसक्ने किटान गरे।

यस कार्यक्रममा युवा मोर्चाका अध्यक्ष लाक्पा मोक्तान, युवा मोर्चाका प्रमुख संयोजक सहदेव शर्मा लगायत अन्यको उपस्थिति रहेको थियो। विभिन्न संघ संस्थानहरूले पनि उपहारहरू प्रदान गर्दै बधाई टक्राए भने केक काटेर विधायक खरेलले सबै जनतासँग आफ्नो खुशी साझा गरे।

About Author

Advertisement