गान्तोक: आजदेखि आधिकारिक रूपमा पश्चिम पाण्डम निर्वाचन क्षेत्रका विधायक एलबी दासले शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्रीको रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। मन्त्री दासलाई आज टाशीलिङ सचिवालयमा विभागका सचिव एमटी शेर्पा र अन्य अधिकारीहरूले स्वागत जनाएका थिए।

उल्लेखनीय छ, सिक्किम सरकारले मन्त्री परिषदमा फेरबदल गर्दै शहरी विकास विभागका पूर्व मन्त्री अरूण उप्रेतीलाई विधानसभा अध्यक्ष नियुक्त गरेको छ। यसै गरी, पूर्व विधानसभा अध्यक्ष एलबी दासलाई शहरी विकास विभाग मन्त्रीको पद्भार सुम्पिएको छ।










