गान्तोक: आज सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले राजभवनमा सिक्किमका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग शिष्टाचार भेट गरे। विधानसभा अध्यक्षले राज्यपालको सफल अनि फलदायी कार्यकालको निम्ति शुभकामना दिए। यस भेट अवधि सिक्किम विधानसभाले आगामी २२ देखि २६ फरवरी, २०२३ सम्म गान्तोकमा आयोजित गरिने राष्ट्रमण्डल संसदीय संघ (सीपीए), इण्डिया रीजन जोन ३ को १९ औं वार्षिक सम्मेलनको समापन समारोहको निम्ति राज्यपाललाई आमन्त्रित गरे।









