कोलकाता: विधानसभा भित्र ५७ जना विधायकहरु आफूहरुसित रहेको भन्दै भाजपाका विधायकहरूले प्रश्न उठाएका छन्l विश्वविद्यालय विधेयकको लागि भएको मतदानमा भाजपाले मात्र ४० मत प्राप्त गरेको छ, जबकि उनीहरूले ५७ विधायक रहेको दाबी गरेका छन्। यस्तो अवस्थामा उनीहरुले १७ भोट कहाँ गयो? वा केही गलत भयो भन्ने प्रश्न उठाएका छन्। अब यस विषयमा अध्यक्षको जवाफको प्रतीक्षा रहेको छ।









