कोलकाता: राज्यपालकोसम्बोधनमाथिको छलफलका क्रममा सोमबार पश्चिम बङ्गालको विधानसभामा निकै हंगामा भएको थियो। विपक्षका नेता एवं भाजपा विधायक सुभेन्दु अधिकारीद्वारा हंगामा साथै विधानसभा अध्यक्षविरुद्ध गरिएको नाराबाजीलाई लिएर तृणमूल कांग्रेसका विधायक तापस रायले उनलाई सदनबाट २० फरवरीसम्म निलम्बित गर्ने प्रस्ताव विधानसभामा पेश गरेका थिएl तृणमूल कांग्रेसका विधायक तपस रायले सुभेन्दुलाई कडा कारबाही गर्न माग गरे, तर पछि मुख्यमन्त्री ममता ब्यानर्जीले विधानसभा अध्यक्ष विमान ब्यानर्जीलाई यस्तो प्रस्ताव स्वीकार नगर्न अपील गरिन्। मुख्यमन्त्रीको यो हस्तक्षेपपछि अध्यक्षले तपस रायलाई प्रस्ताव फिर्ता लिन आग्रह गरे। त्यसमा अध्यक्षको अपील स्वीकार गर्दै रायले निलम्बन प्रस्ताव फिर्ता लिएका थिए।
अर्कोतर्फ बुधबार मुख्यमन्त्री र सुभेन्दुबीच भेटवार्ता हुने सम्भावना रहेको समाचार छ। विपक्षी दलका नेताले राज्यपाललाई गलत सूचना दिएको गुनासोको स्वरमा भने। उनले राज्यपालको सम्बोधनमा भ्रष्टाचार र आतंकवादको कुनै उल्लेख नभएको आरोप लगाए। सुभेन्दु अधिकारी बोल्दै गर्दा अध्यक्ष विमान ब्यानर्जीसँग उनको विवाद भयो। त्यसपछि भाजपाका विधायकहरूले नाराबाजी गर्न थाले र केही बेरपछि सदनबाट बाहिरिए। यस विषयमा सुभेन्दुले अध्यक्षलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। यसपछि सत्तारुढ दलका तर्फबाट विपक्षी दलका नेताविरुद्ध विशेषाधिकार हननको प्रस्ताव ल्याउने चर्चा भएको थियो।











