विधानसभामा प्रश्न सोध्ने र जवाफ दिने तृणमूलका दुवै विधायक ढिलो पुग्दा अध्यक्ष रूष्ट

IMG-20230410-WA0169-11-300x172-16

कोलकाताः पश्चिम बंगाल विधानसभामा सत्ता पक्षका विधायकहरू ढिलो पग्नु प्रायः जसो चर्चामा रहनेगर्छ। बिहिवार पर्यटन विभागसित सम्बन्धित प्रश्न सोध्ने तृणमूल विधाक कल्लोल खान पनि ढिलो पुगे औं प्रश्नको जवाफ दिने पर्यटन मन्त्री बाबुल सुप्रियो पनि ढिलो पुगे।

वस्तुतः विधानसभाको सत्रमा के-कस्तो प्रश्न सोधिनेछ, त्यो एक दिनअघि लेखेर दिइन्छ। त्यही अनुसार, बुधवार कल्लोल खानले पर्यटन विभागसित सम्बन्धित प्रश्न दिएका थिए। यसलाई आज विधानसभाको कारबाही शुरू हुनसाथ प्रश्न उत्तर सत्रमा सोधिनुथियो। तर विधानसभाको कारबाही बिहान १०.३० बजी शुरू भएपनि कल्लोल खानको अत्तोपत्तो थिएन न त पर्यटन मन्त्रीकै। दुवै ढिलो आए, जसलाई लिएर अध्य़क्ष विमान ब्यानर्जीले रोष व्यक्त गर्दै यस्तो आचरण अपेक्षित छैन भने।

-हिस

About Author

Advertisement