विद्या भारती सिक्किम रजत जयन्तीको तयारीमा

n6411491821732790983757effeb2bbf3d2bb4b12912de673ea87555b9a91a30bd5b01c300e9b33b692cb09

गान्तोक: विद्या भारती सिक्किमको रजत जयन्ती वर्ष कार्यक्रम शुरु भएको छ। सन् १९९९ मा विद्या भारती सिक्किमको स्थापना भएको हो। स्थापनाको २५ वर्षको अवधिमा संस्थाले सिक्किम, दार्जीलिङ, कालेबुङअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रमा भारतीय शिक्षा, संस्कृति उन्मुख शिक्षा, गुणात्मक शिक्षा र समाजका विभिन्न आयामहरूलाई लिएर काम गरिरहेको छ। संस्थाका स्थानीय सञ्चालक समिति, पदाधिकारी, प्रदेश समिति, कार्यकर्ता, प्रधानाध्यापक, शिक्षक तथा संघसंस्था सबैको सहयोगले रजत डजयन्ती कार्यक्रम सञ्चालन गर्न सक्रिय देखिएको छ।

संस्थाका वरिष्ठ कार्यकर्ता मोहन शर्माले प्रेस बयानमा उल्लेख गरेअनुसार संस्थाका पूर्व विद्यार्थी आचार्य प्रभावी कार्यको फलस्वरुप आज समाज र प्रशासनिक कार्यमा ठूलो योगदान पुगेको छ। रजत जयन्ती कार्यक्रममा लगातार विभिन्न कार्यक्रम र्आयोजन गर्ने लक्ष्य राखिएको छ।

About Author

Advertisement