गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका संगठन मन्त्री गोबिन्द चन्द्र महन्तले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्। यस अवसरमा विद्या भारतीका सह-संगठन मन्त्री पार्थ घोष, प्रान्त महासचिव बिजय कुमार शर्मा, र संयोजक मोहन शर्मा पनि उपस्थित थिए।
संगठन मन्त्री महन्तले राजधानीको लोकभवनमा राज्यपालसँग भेट गरेका हुन्। यस भेटका क्रममा परिचयात्मक तथा संगठनसँग सम्बन्धित विषयमा छलफल भएको संयोजक शर्माले जानकारी दिएका छन्।
राज्यपाल माथुरले विद्या भारती सिक्किमका गतिविधिबारे जानकारी लिँदै प्रान्तको रजत जयन्ती समारोहका लागि शुभकामना व्यक्त गरे।
उल्लेखनीय छ, विद्या भारती सिक्किमले संस्कारयुक्त र गुणात्मक शिक्षाको क्षेत्रमा समर्पित सेवा गर्दै गौरवशाली २५ वर्ष पूरा गरेको छ। यस अवसरमा प्रदेश एकाइले २७ मार्च २०२६ मा भव्य रजत जयन्ती समारोहको आयोजना गरेको थियो।









