विद्या भारती सिक्किमका प्रतिनिधि टोली तेलङ्गनामा

IMG-20241208-WA0254

गान्तोक: विद्या भारती प्रचार विभाग तथा अभिलेखालयको राष्ट्रिय बैठक तेलङगनाको भाग्यनगरमा शुरु भयो। यसमा सिक्किम लगायत देशका विभिन्न प्रान्तबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ। विद्या भारतीको प्रचार विभाग र अभिलेख विभागको अखिल भारतीय बैठक नाम दिएको उक्त कार्यक्रमको उदघाटन विद्या भारतीका अखिल भारतीय संगठन मन्त्री गोविन्द महन्ताले गरेका थिए। यसरी नै कार्यक्रममा चार क्षेत्रका राष्ट्रिय प्रभारी तथा दक्षिण मध्य क्षेत्रका संगठन मन्त्री एल सुधाकर रेड्डी, विद्या भारती सांस्कृतिक शिक्षा संस्थानका अध्यक्ष डा. ललित बिहारी गोस्वामीको पनि सहभागिता थियो। विद्या भारती मध्य क्षेत्रका अध्यक्ष डा. उमा महेश्वर रावले कार्यक्रमबारे जानकारी गराएका थिए। उद्घाटन सत्रमा विद्या भारती प्रचार विभागका अखिल भारतीय संयोजक डा. राम कुमार भावसारले सम्मेलनबारे जानकारी गराउँदै आगामी कार्यक्रमबारे बताए। बैठकमा विद्या भारती प्रचार विभागको केन्द्रीय टोलीले विभिन्न कार्यक्करम प्रस्तुत गरेका थिए। यसबीच सिक्किमबाट विद्या भारती पूर्व क्षेत्रका संयोजक मोहन शर्मा पनि उपस्थित भएका छन्। बैठकमा प्रचार विभागको केन्द्रीय समूह र ११ क्षेत्रीय संयोजक, विद्या भारतीका सहसंयोजक, क्षेत्र संयोजक र अभिलेखालयका सहसंयोजकको पनि बाक्लो सहभागिता रहेको छ।

About Author

Advertisement