विद्यालयलाई सहयोग दिने विधायक खरेलको आश्वासन

IMG-20241003-WA0285

गान्तोक: दक्षिण जिल्लाको नामथाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत फोङ विद्यालयको कौस्तुभ जयन्तीको समापन समारोहमा क्षेत्र विधायक सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यसरी नै कार्यक्रममा महकुमा अधिकारी प्रविन गौतम, शिक्ष विभागका संयुक्त निर्देशक जीपी शर्मा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक सञ्जित खरेलले सिक्किम राज्य भारतको एक अभिन्न अङ्गकोरूपमा सामेल भएको ५० वर्षको महत्व झल्काउँदै यस विद्यालय र विद्यार्थीको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आयोजक समितिका अध्यक्ष सरोज कुमार गुरुङले कार्यक्रमले विद्यालयको विकास र विद्यार्थीको विकासमा सकारात्मक प्रभाव पारेकोमा जोड दिँदै सबै सहयोगीहरूलाई धन्यवाद दिए।

About Author

Advertisement