विद्यार्थीहरूलाई लिएर सचेतना कार्यक्रम आयोजित

IMG-20240904-WA0351

मंगन: मंगन जिल्लाको जिल्ला प्रशासन केन्द्र, डिस्ट्रिक्ट हब महिला सशक्तिकरण, वान स्टप सेन्टर र महिला हेल्पलाइनको संयुक्त पहलमा आज मंगनको कन्या वरिष्ठ माध्यमिक विद्यालयमा मिशन शक्ति योजना अन्तर्गत एक सय दिनको विशेष सचेतना अभियानको आजदेखि शुरूआत गरिएको गरेछ। यस अवसरमा उक्त विद्यालयकी प्राचार्य छोडेन काजी भोटिया, महिला एवम् बाल विकास विभागकी अधिकारी केजोम याङछेन तेञ्जिङ लगायत अन्य विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थीहरूलाई उनीहरूको कानुनी अधिकार, कर्तव्य र कानुनी साक्षरताबारे अवगत गराउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै छोडेन भोटियाले आफ्नो संक्षिप्त सम्भाषणमा लैङगिक समनता, संवैधानिक अधिकार,कर्तव्य र महिला अधिकारबारे जानकारी गराइन्। यसै क्रममा सामाजिक कल्याण विभागकी अधिकारीले विद्यार्थीहरूको जीवन र करियरको बारेमा सोचेर निर्णय लिनु पर्ने र उनीहरूको इच्छालाई पुरा गर्नको निम्ति विकल्प रोज्नु परेमा त्यसलाई स्वीकार गर्नुपर्ने सुझाउ दिइन्। यसै क्रममा किजोम याङ्चेन तेन्जिङले विद्यार्थीहरूलाई मिशन वात्सल्य योजना, पोक्सो ऐन, चाइल्ड हेल्पलाइन (१०९८), टेलि मानस जसले राष्ट्रव्यापी टेलि-मानसिक स्वास्थ्य सेवाहरू प्रदान गर्दछ, लगायतका विभिन्न कानुनी प्रावधानहरूबारे जानकारी गराइन्।

About Author

Advertisement