विद्यार्थीहरुको सहभागितामा नशामुक्त अभियान शुरु

IMG-20250125-WA0216

गान्तोक: सिक्किमलाई नशामुक्त साथै मानसिकरूपमा स्वास्थ्य बनाउने सरकारको भीजनअनुसार मुख्यमन्त्रीका सल्लाहकार रोहितराज गुरूङको पहलमा पहिलो प्रशिक्षण कार्यक्रम शुरु भयो। यसअन्तर्गत विद्यार्थीहरूलाई लिएर सारथी संगठनको पहलमा आजदेखि तीन दीवसीय प्रशिक्षण कार्यक्रम शुरू भयो। प्रशिक्षण कार्यक्रमको समापन आगामी २७ जनवरीको दिन हुने भएको छ। तीन दिवसीय प्रशिक्षण कार्यक्रममा कूल २८ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। विशेष गरेर पाकिम जिल्लाका विद्यार्थीहरूलाई लिएर आयोजित प्रशिक्षण कार्यक्रममा माछोङ वरिष्ठ माध्यमिक विद्यालय, मामरिङ वरिष्ठ माध्यमिक विद्यालय, रिनाक वरिष्ठ माध्यमिक विद्यालय, छुजाचेन वरिष्ठ माध्यमिक विद्यालय, टिकालाल निरौला वरिष्ठ माध्यमिक विद्यालय, असम लिङजे वरिष्ठ माध्यमिक विद्यालय, रम्फू वरिष्ठ माध्यमिक विद्यालय, डिकलिङ वरिष्ठ माध्यमिक विद्यालय,रोडाथाङ वरिष्ठ माध्यमिक विद्यालय र रोलेप वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यस प्रशिक्षण कार्यक्रमको मुख्य लक्ष्य र उद्देश्य विद्यालयहरूमा नशालु पदार्थको दुरुपयोग न्यूनीकरण, मानसिक कल्याणको प्रवर्द्धन र नैतिक मूल्यमान्यताको प्रवर्द्धन रहेको छ। प्रशिक्षण कार्यक्रमको पहिलो दिन स्वास्थ्य एवम कल्याण विभागकी मास्टर ट्रेनर प्रमिला शर्मा लगायत अन्य अधिकारीहरू सामेल रहेका थिए।

About Author

Advertisement